एकैदिन ६७१ जनामा कोरोना संक्रमण कुल संख्या ७ हजार ८४८ पुगेको छ ।

काठमाडौँ-आज एकैदिन ६७१ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ हजार ८४८ पुगेको छ ।

आज संक्रमण पुष्टि भएकाहरुमा झापा २, मोरङ १, अछाम ४४, बैतडी २५, बाजुरा ४१, भक्तपुर ३, डडेलधुरा ८४, कैलाली २१, कपिलवस्तु १७, काठमाण्डौं २, नुवाकोट २, रौतहट ३४, रुपन्देही ३, सर्लाही ३, सिन्धुपाल्चोक १, ललितपुर १, नवलपरासी १, महोत्तरी १, सिन्धुली १, पर्वत ९, चितवन १, नवलपरासी पूर्व ३१, रहनु भएको छ ।

त्यस्तै धनुषा ४९, बागलुंग १, मनाङ १, स्याङजा ९, तनहु १५, गोर्खा ११, गुल्मी ३, पाल्पा ६, रुपन्देही ९, रोल्पा १, नवलपरासी पश्चिम १, अर्घाखाँची ९७, बाँके ३, बर्दिया ३, कैलाली १, दैलेख ८७, दाङ ४, सुर्खेत ३४, बझाङ २, कञ्चनपुर २, कैलाली १, डोटी ५ लगायत रहनु भएको छ ।
गत २४ घण्टामा १९ जना ब्यक्ति निको भएर घर फर्कदा कोरोनाको संक्रमण पछि स्वस्थ हुनेको संख्या १ हजार १८६ पुगेको छ ।

गत २४ घण्टामा ५ हजार ७४६ वटा पीसीआरका परीक्षण हुँदा नेपालमा पीसीआर परीक्षणको कुल नमुना परीक्षण संख्या १ लाख ५५ हजार ५१८ पुगको छ ।

कैलालीमा निधन भएका २ जनामा कोरोना पुष्टि :

नेपालमा आज थप एक जनाको कोरोनाको संक्रमण पछि मृत्यु भएको छ । कैलालीको गा्दावरीका ४६ बर्षीय पुरुष र लम्की चुहा नगरपालिकाकी ४३ बर्षीय महिलाको निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
योसंगै नेपालमा कोरोनाका कराण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ ।

नेपालका ७४ जिल्लामा फैलियो कोरोना :

आज हिमाली जिल्ला मनाङमा समेत कोरोनाको संक्रमण पुष्टि भएसंगै नेपालमा ७४ जिल्लामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
अब नेपालमा ३ जिल्लाहरु प्रदेश नं १ को ओखलढुंगा, बागमतीको रसुवा र गण्डकी प्रदेशको मुस्ताङमा कोरोनाको संक्रमण अहिले सम्म देखिएको छैन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago