पर्यटकीय गन्तव्य घुम्टे जोड्ने पदमार्ग निर्माण कार्य सुरु

थम्मन थापा, बागलुङ । धार्मिक तथा पर्यटकीय गन्तव्य घुम्टे पुग्ने पर्यटन पदमार्ग निर्माणले निरन्तरता पाएको छ  । गत वर्ष गलकोट नगरपालिका वडा नं ७ मल्म अजिराखर्क देखि गोठाल्ने सम्म झण्डै १ किलोमिटर पर्यटन पदमार्ग निर्माण गरिएको थियो । यस वर्ष बाँकी रहेको कामलाई निरन्तर अगाडि बढाइएको छ । अहिले निर्माण कार्य तीव्र रूपमा अगाडि बढिरहेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयबाट विनीयोजित १० लाख रुपैयाँमा गोठाल्ने देखि माथि काम सुरु भएको हो ।
अहिले दैनिक ५० देखि ५५ जनाले पदमार्ग निर्माण गरिरहेको पर्यटन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष विष्णु थापाले जानकारी दिए । पदमार्गमा सोलिङ गर्ने सिँढी चिन्ने र अप्ठ्यारो ठाउँमा रेलिङ समेत हाल्ने काम गरिएको थापाले बताए । यो वर्ष गोठाल्नेबाट माथि करिब ८०० सय मिटर माथिसम्म काम गर्न सकिन्छ भन्ने लागेको छ थापाले भनें । कोरोना भाईरसको जोखिमका कारण भौतिक दुरी कायम गरेर अहिले काम तिब्र रुपमा अगाडी बढिरहेको गलकोट नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सुवेदार टिका बहादुर थापाले जानकारी दिए । पदमार्ग निर्माण भए पछि पर्यटकीय स्थल घुम्टे पुग्ने पर्यटकहरुलाई सहज हुने वडा अध्यक्ष थापाले बताए । जिल्लाको मध्य भागमा अवस्थित घुम्टे लेक धार्मिक तथा पर्यटकीय र दृश्यावोलोकनका दृष्टिले उपयुक्त गन्तव्य हो । घुम्टेको चौतर्फी विकासको निमित्त गलकोट घुम्टे पर्यटन विकास केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको छ ।
bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago