NRNA साउदीले नेपालीहरु लाई राहत वितरण, वितरण कार्य अझै जारी ।

साउदी अरब । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदीले साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा सक्रिय भएर लागेको छ ।

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्येक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ । हालसम्म साउदी अरबमा कार्यरत ६७४ नेपाली संक्रमित भइसकेको र एक जनाले ज्यान सेमत गुमाउनु परेको सम्बन्धित निकाय मार्फत अधिकारिक पुष्टी हुन आएको सर्वबिदितै छ । हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २१७ जना  पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोग संग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउँदछौँ । समितिका पदाधिकारी सहित,  अध्यक्ष तेज बहादुर थापा,  आइसीसी सदस्य नारायण, आइसीसी सदस्य यास्मिन बेगम, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालको  सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो ।त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।  दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ । साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद संग समन्वय र हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म उद्धारको निम्ती सहकार्यमा एकत्रित भएर जुट्नको निम्ती गैरआवासीय नेपाली संघ साउदी अरब तत्पर रहेको जानकारी गराउँछौ l

Bishawas Acharya

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago