NRNA साउदीले नेपालीहरु लाई राहत वितरण, वितरण कार्य अझै जारी ।

साउदी अरब । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) साउदीले साउदीमा कार्यरत कोरोना प्रभावित नेपालीको समस्यामा सहयोग गर्ने उद्धार अभियानमा सक्रिय भएर लागेको छ ।

कोरोना महामारिका कारण साउदी अरबमा प्रत्येक्ष-अप्रत्यक्ष रूपमा अप्ठ्यारोमा परेका धेरै नेपालीहरु पीडित हुन पुगेको खबरहरु र गुनासोहरु संस्थामा आउने क्रम बढ्दो छ । हालसम्म साउदी अरबमा कार्यरत ६७४ नेपाली संक्रमित भइसकेको र एक जनाले ज्यान सेमत गुमाउनु परेको सम्बन्धित निकाय मार्फत अधिकारिक पुष्टी हुन आएको सर्वबिदितै छ । हाल सम्म गैर आवासिय नेपाली संघ साउदी अरब समक्ष आएका २१७ जना  पीडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोग संग समन्वय र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको ब्योहरा सबैमा जानकारी गराउँदछौँ । समितिका पदाधिकारी सहित,  अध्यक्ष तेज बहादुर थापा,  आइसीसी सदस्य नारायण, आइसीसी सदस्य यास्मिन बेगम, आइसीसी मानार्थ सदस्य रमेश भण्डारी, मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालको  सहभागीतामा बसेको बैठकले विभिन्न विषयमा छलफल तथा निर्णय गरेको हो ।त्यसैगरी कोरोनाका कारण रोजगारी गुमाएर बसेका, अबैधानिक रुपमा रहेका कामदार, विरामी परेका, घर विदामा जानको लागि एक्जिट र इन्ट्रि भिषा लागिसकेका तर बन्दका कारण जान नपाएर रोकिएका, एक्जिट भिसा लागेर तलबबाट बन्चित भएका लगायतका अन्य पीडितहरुको पहिचान सहित डाटा संकलन गरी यथाशिघ्र उद्धार र स्वदेश फिर्ताीका निम्ति दूतावासले चालेका कदम र एनआरएनए साउदीले गर्नुपर्ने सहयोगका बारेमा पनि छलफल गरिएको थियो ।  दिनहुं बड्दै गरेको कोरोना संक्रमणका कारण आगामी दिनमा स्थिती अझै भयावह हुने र यसको कारण धेरै संख्यामा नेपालीहरुलाई असर पुग्ने खतरा देखिएकोछ । साउदी अरबको बिभिन्न स्थानमा कोरोनाबाट प्रभावित नेपालीहरुको अवस्था,नेपाली कामदारहरुको जिबन रक्षा,स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानवीय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद संग समन्वय र हातेमालो गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरसम्म उद्धारको निम्ती सहकार्यमा एकत्रित भएर जुट्नको निम्ती गैरआवासीय नेपाली संघ साउदी अरब तत्पर रहेको जानकारी गराउँछौ l

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago