जोखिम बढेपछी बाटोमा तगारो, तानसेन बन्दिपोखराका स्थानीय भन्छन कुनै सवारीसाधन गाउँमा प्रवेश गरे कारबाही हुन्छ

सन्तोष गहतराज, पाल्पा । तानसेन, बन्दिपोखरामा बाहिरबाट गाउँ प्रवेश गरेका नयाँ मान्छेको ओहोरदोहोर बढेपछि प्रवेशद्वारमा ढुङ्गाले छेकिएको छ । बजारबाट भित्री टोलमा जाने सडकको बाबाचोकमा ढुङ्गा राखेर बाटो बन्द गरिएको हो । स्थानीय भिम बहादुर कार्की भन्छन ” बाहिरी जिल्ला तथा भारतबाट समेत लुकिछिपि गाउँमा मान्छे प्रवेश गरेकाले कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हुँदा सवारीसाधनको आवतजावत रोक्न बाटोमा ढुङ्गा राखिएको हो ।”
हाेलाङदी हुदै बडहरबाेट, भालुवन, आमडाडा, जुकिया तथा तेल्घा जाने बाटोकाे बिच सडकमा स्थानीयले तगारो लगाएका छन । लकडाउनको समयमा पाल्पा जिल्ला लाई ५ गते राती १२ बजे सम्मको लागि सिल गरिएको छ । छिमिकि जिल्ला रूपन्देही, कपिलवस्तु तथा भारतबाट समेत केहि मानिसहरू गाउँमा लुकिछिपि प्रवेश गरेपछि काेराेनाकाे जाेखिम उच्च हुने सक्ने भन्दै स्थानीयहरू सडककाे बिचमा नै ढुङ्गा मुडा राखी बाटोमा बन्द गर्नुपरेको स्थानीयले बताउछन । स्थानीयले सडककाे बिचमा बार लगाए पछि कुनै पनि सवारीसाधन प्रवेश गर्न पाएका छैनन् भने कुनै सवारीसाधन गाउँमा प्रवेश गरेमा स्थानीयले कारबाही गर्ने बताएका छन ।


बन्दिपाेखरामा मानिरहरू लुकिछिपि गाउँमा प्रवेश गरेकाले जोखिम बढेको समाचार केही दिन अगाडी गाेर्खालीभ्वाइस डटकमले प्रकाशित गरेको थियो । समाचारको प्रभाव स्वरुप तानसेन नगरपालिकाले अनुगमन बढाएको थियो । अनुगमनका क्रममा भेटिएका बाहिर बाट आएका ब्यक्तिलाई आफ्नै घरको हाेम क्वारेन्टाइन बस्न अाग्रह गरेको वडा अध्यक्ष दामोदरप्रसाद घिमिरेले जानकारी दिनुभयो । तर पनि उनिहरु खुला रूपमा गाउँमा घुमिरहेका छन ।
स्थानीय केशब भाट भन्छन ती ब्यक्तीहरूकाे स्वास्थ्य परिक्षण भएमा ढुक्क भएर बस्ने थियौ । स्थानीयको त्रास कमि हुने अर्का स्थानीय राजिब भाट बताउछन । जिल्लाभर लकडाउन पुर्णरुपमा कार्यान्वयन भएको छैन । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन चलाउन पाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।
लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लङ्घन गर्ने बढेकाले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाटो बन्द गराएको स्थानीयवासी बताउछन् ।

लकडाउन भएपछी प्रयर्टकिय क्षेत्र गुफाचाैरमा घम्न जाने, गाँजा खाेज्न युवाहरु गाउँमा प्रवेश गर्ने गरेकाेले स्थानीयहरूले अत्यावश्यक सवारीका साधन संचालन हुनेगरी बाटाेमा बार लगाएकाे तानसेन नगरपालिका ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले जानकारी दिनुभयो । अध्यक्षका अनुसार बाटोमा बार लगाएपछि त्यस्ता मानिसहरू प्रवेशमा नियन्त्रण भएको छ ।
सडकमा बार लगाई बाटो बन्द गर्नु गराउनु गैरकानूनी काम भएपनी तगारो लगाएपछी स्थानीयले केही सुरक्षित भएको महसुस गरेका छन ।

Comments
bhabindra gautam

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago