सन्तोष गहतराज, पाल्पा । रिव्दीकोट गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ४३ लाख बढी रकम जम्मा भएको छ । गाउँपालिकाको कोषमा विभिन्न संघ, संस्था, कार्यालय तथा व्यक्तिगत रुपमा गरी ४३ लाख रुपैंया जम्मा भएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।
राहातकोषबाट गरीब तथा विपन्न परिवारलाई राहत, स्वास्थ्य सामग्री खरिद तथा वितरणमा खर्च गरिने अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्यालले कोषमा जम्मा भएको रकम मध्येबाट ६ लाख रुपैंया खर्च भौसकेकोछ भने उक्त रकम अत्यावश्यक राहत र स्वास्थ्य सामाग्री खरिदमा मात्र खर्च गरेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी ज्ञवालीले लकडाउनको कारणले प्रभावित मजदुर र अती विपन्न परिवारलाई प्राथमिकतामा राखेर कोषको रकम खर्च गरिने बताउनुभयो । उनका अनुसार मजदुर परिवारलाई विकासनिर्माणका कार्यमा रोजगारी दिने योजना गाउँपालिकाको रहेको छ ।
रिब्दीकाेट गाउँपालिकाले पहिलो र दाेस्त्राे चरणकाे राहत बितरण गरिसकेकाे छ । अहिले पालिका भित्रका विपन्न नागरिकहरूकाे सहयोगका लागी चुलाे काम दिने भएको छ । विपन्न घरपरिवारलाई पालिकाकाे विकास निर्माणका कार्यमा लगाउने गाउँपालिकाले जनाएको छ ।
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…
प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…