जोखिम बढेपछी बाटोमा तगारो, तानसेन बन्दिपोखराका स्थानीय भन्छन कुनै सवारीसाधन गाउँमा प्रवेश गरे कारबाही हुन्छ

सन्तोष गहतराज, पाल्पा । तानसेन, बन्दिपोखरामा बाहिरबाट गाउँ प्रवेश गरेका नयाँ मान्छेको ओहोरदोहोर बढेपछि प्रवेशद्वारमा ढुङ्गाले छेकिएको छ । बजारबाट भित्री टोलमा जाने सडकको बाबाचोकमा ढुङ्गा राखेर बाटो बन्द गरिएको हो । स्थानीय भिम बहादुर कार्की भन्छन ” बाहिरी जिल्ला तथा भारतबाट समेत लुकिछिपि गाउँमा मान्छे प्रवेश गरेकाले कोरोना सङ्क्रमणको जोखिम पनि बढेको हुँदा सवारीसाधनको आवतजावत रोक्न बाटोमा ढुङ्गा राखिएको हो ।”
हाेलाङदी हुदै बडहरबाेट, भालुवन, आमडाडा, जुकिया तथा तेल्घा जाने बाटोकाे बिच सडकमा स्थानीयले तगारो लगाएका छन । लकडाउनको समयमा पाल्पा जिल्ला लाई ५ गते राती १२ बजे सम्मको लागि सिल गरिएको छ । छिमिकि जिल्ला रूपन्देही, कपिलवस्तु तथा भारतबाट समेत केहि मानिसहरू गाउँमा लुकिछिपि प्रवेश गरेपछि काेराेनाकाे जाेखिम उच्च हुने सक्ने भन्दै स्थानीयहरू सडककाे बिचमा नै ढुङ्गा मुडा राखी बाटोमा बन्द गर्नुपरेको स्थानीयले बताउछन । स्थानीयले सडककाे बिचमा बार लगाए पछि कुनै पनि सवारीसाधन प्रवेश गर्न पाएका छैनन् भने कुनै सवारीसाधन गाउँमा प्रवेश गरेमा स्थानीयले कारबाही गर्ने बताएका छन ।


बन्दिपाेखरामा मानिरहरू लुकिछिपि गाउँमा प्रवेश गरेकाले जोखिम बढेको समाचार केही दिन अगाडी गाेर्खालीभ्वाइस डटकमले प्रकाशित गरेको थियो । समाचारको प्रभाव स्वरुप तानसेन नगरपालिकाले अनुगमन बढाएको थियो । अनुगमनका क्रममा भेटिएका बाहिर बाट आएका ब्यक्तिलाई आफ्नै घरको हाेम क्वारेन्टाइन बस्न अाग्रह गरेको वडा अध्यक्ष दामोदरप्रसाद घिमिरेले जानकारी दिनुभयो । तर पनि उनिहरु खुला रूपमा गाउँमा घुमिरहेका छन ।
स्थानीय केशब भाट भन्छन ती ब्यक्तीहरूकाे स्वास्थ्य परिक्षण भएमा ढुक्क भएर बस्ने थियौ । स्थानीयको त्रास कमि हुने अर्का स्थानीय राजिब भाट बताउछन । जिल्लाभर लकडाउन पुर्णरुपमा कार्यान्वयन भएको छैन । एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारी साधन चलाउन पाइने र बाहिरका मानिसलाई गाउँमा प्रवेश निषेध गर्नेगरी बाटो बन्द गरेको स्थानीयवासीको भनाइ छ ।
लकडाउन गरेको बेलामा यसै पनि आवतजावत रोकिनुपर्ने हो तर लकडाउनको उल्लङ्घन गर्ने बढेकाले स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएर बाटो बन्द गराएको स्थानीयवासी बताउछन् ।

लकडाउन भएपछी प्रयर्टकिय क्षेत्र गुफाचाैरमा घम्न जाने, गाँजा खाेज्न युवाहरु गाउँमा प्रवेश गर्ने गरेकाेले स्थानीयहरूले अत्यावश्यक सवारीका साधन संचालन हुनेगरी बाटाेमा बार लगाएकाे तानसेन नगरपालिका ११ का वडा अध्यक्ष दामोदर प्रसाद घिमिरेले जानकारी दिनुभयो । अध्यक्षका अनुसार बाटोमा बार लगाएपछि त्यस्ता मानिसहरू प्रवेशमा नियन्त्रण भएको छ ।
सडकमा बार लगाई बाटो बन्द गर्नु गराउनु गैरकानूनी काम भएपनी तगारो लगाएपछी स्थानीयले केही सुरक्षित भएको महसुस गरेका छन ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago