रिब्दीकोट गाउँपालिकाको कोरोना राहत कोषमा ४३ लाख जम्मा, बिपन्नलाई काम दिने

सन्तोष गहतराज, पाल्पा । रिव्दीकोट गाउँपालिकाले स्थापना गरेको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा ४३ लाख बढी रकम जम्मा भएको छ । गाउँपालिकाको कोषमा विभिन्न संघ, संस्था, कार्यालय तथा व्यक्तिगत रुपमा गरी ४३ लाख रुपैंया जम्मा भएको गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसीले बताउनुभयो ।


राहातकोषबाट गरीब तथा विपन्न परिवारलाई राहत, स्वास्थ्य सामग्री खरिद तथा वितरणमा खर्च गरिने अध्यक्ष जिसीले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत ऋषिराम अर्यालले कोषमा जम्मा भएको रकम मध्येबाट ६ लाख रुपैंया खर्च भौसकेकोछ भने उक्त रकम अत्यावश्यक राहत र स्वास्थ्य सामाग्री खरिदमा मात्र खर्च गरेको बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी ज्ञवालीले लकडाउनको कारणले प्रभावित मजदुर र अती विपन्न परिवारलाई प्राथमिकतामा राखेर कोषको रकम खर्च गरिने बताउनुभयो । उनका अनुसार मजदुर परिवारलाई विकासनिर्माणका कार्यमा रोजगारी दिने योजना गाउँपालिकाको रहेको छ ।
रिब्दीकाेट गाउँपालिकाले पहिलो र दाेस्त्राे चरणकाे राहत बितरण गरिसकेकाे छ । अहिले पालिका भित्रका विपन्न नागरिकहरूकाे सहयोगका लागी चुलाे काम दिने भएको छ । विपन्न घरपरिवारलाई पालिकाकाे विकास निर्माणका कार्यमा लगाउने गाउँपालिकाले जनाएको छ ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago