बोबाङमा ज्यान गुमाउमाएका प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै बिहुकोट समाज जापानले आर्थिक सहयोग ।

 

जापान । बाग्लुङ जिल्ला ढोरपाटन नगरपालीका बोबाङमा सेक्टेम्वर २ तारिक परेको अबिरल बर्षासंग आएको बाढि पहिरोले धेरै धनजनको क्षति भएको मा  हामी सबै स्तब्ध छौ ।

बाढि पहिरोमा परि ज्यान गुमाउनु भएका हरु प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै सम्पुर्ण घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गर्दछौ । यस दुखत घडिमा गास , वास र कपास नभएका त्यस ठाँउका व्यक्तिहरूलाई केहि राहात पुर्याउने उद्देश्यले बिहुँकोट समाज जापान मार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरेका थियौ । कोरोना भाइसले गर्दा जापानमा लगभग सबैले आर्थिक समस्या भोग्नु  परेको छ यस्तो अवस्थामा पनी उदार दिलका साथ आर्थिक  सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई बिहुँकोट समाज जापानको तर्फवाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ  | अभियान वाट संकलित रक़म  जापानी येन २५०४२२ अर्थात नेपाली रुपैया २७४००० ( अक्षरुपी दुइलाख चौरहत्तर हजार रुपैया ) , नेपालको रहेको कोषबाट रु ३७००० र अन्य व्यक्ति वाट रु २०० गरी जम्मा जम्मा रु ३११२०० (अक्षरुपी तिन लाख एघार हजार दुइ सय ) मध्य रु २५१२०० (अक्षरूपी दुइलाख एकाउन्न हजार दुइ सय)  जापान समाज बिहुँकोटका पदाधिकारि हरु मार्फत ढोरपाटन नगरपालीका मेयर देबकुमार नेपाली ज्यु  लाई हस्तान्तरण गरियो । साथै  बाढि पहिरामा परि तमानखाेला गाउँपालीका मा २ जना काे मृत्यु भएकोमा  रु २००००  सोही गाँउपालीका का अध्यक्ष जोकलाल बुढा ज्यु  लाई र  निसिखोला गाँउपालीका बाड नं ७ मा पहिरामा  परि ४ जना काे मृत्यु भएकोमा  रु ४०००० बाडअध्यक्ष तेजेन्द्र बिक्रम कुँवर ज्यु  लाई हस्तान्तरण  गरिएको  जानकारी  गराउदछौ ।

एकद्वार प्रणाली लागु भएको हुनाले प्रत्यक्ष पिडितलाई राहत सहयोग गर्न नसकीयता पनि नगरपालीका ले न्योचित रुपमा पिडित समक्ष हामीहरुले पठाएको सहयोग पुर्याउने छ भन्ने पुर्ण विश्वास लिएका छौ ।साथै काठेखोला गाउपालिका वडा नं ६ को फापर चौरमा मृगौला पिडित यव कोरोना सन्क्रमित तारानाथ कडेल को बुबा लाई  बिहुकोट समाज जापान ले हिजो -११०००० एक लाख दश हजार  एक समरोहका बिच हस्तान्तरण गरिएको बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपलले जानकारी दिनु भयो ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago