जापान । बाग्लुङ जिल्ला ढोरपाटन नगरपालीका बोबाङमा सेक्टेम्वर २ तारिक परेको अबिरल बर्षासंग आएको बाढि पहिरोले धेरै धनजनको क्षति भएको मा हामी सबै स्तब्ध छौ ।
बाढि पहिरोमा परि ज्यान गुमाउनु भएका हरु प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै सम्पुर्ण घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गर्दछौ । यस दुखत घडिमा गास , वास र कपास नभएका त्यस ठाँउका व्यक्तिहरूलाई केहि राहात पुर्याउने उद्देश्यले बिहुँकोट समाज जापान मार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरेका थियौ । कोरोना भाइसले गर्दा जापानमा लगभग सबैले आर्थिक समस्या भोग्नु परेको छ यस्तो अवस्थामा पनी उदार दिलका साथ आर्थिक सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई बिहुँकोट समाज जापानको तर्फवाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ | अभियान वाट संकलित रक़म जापानी येन २५०४२२ अर्थात नेपाली रुपैया २७४००० ( अक्षरुपी दुइलाख चौरहत्तर हजार रुपैया ) , नेपालको रहेको कोषबाट रु ३७००० र अन्य व्यक्ति वाट रु २०० गरी जम्मा जम्मा रु ३११२०० (अक्षरुपी तिन लाख एघार हजार दुइ सय ) मध्य रु २५१२०० (अक्षरूपी दुइलाख एकाउन्न हजार दुइ सय) जापान समाज बिहुँकोटका पदाधिकारि हरु मार्फत ढोरपाटन नगरपालीका मेयर देबकुमार नेपाली ज्यु लाई हस्तान्तरण गरियो । साथै बाढि पहिरामा परि तमानखाेला गाउँपालीका मा २ जना काे मृत्यु भएकोमा रु २०००० सोही गाँउपालीका का अध्यक्ष जोकलाल बुढा ज्यु लाई र निसिखोला गाँउपालीका बाड नं ७ मा पहिरामा परि ४ जना काे मृत्यु भएकोमा रु ४०००० बाडअध्यक्ष तेजेन्द्र बिक्रम कुँवर ज्यु लाई हस्तान्तरण गरिएको जानकारी गराउदछौ ।
एकद्वार प्रणाली लागु भएको हुनाले प्रत्यक्ष पिडितलाई राहत सहयोग गर्न नसकीयता पनि नगरपालीका ले न्योचित रुपमा पिडित समक्ष हामीहरुले पठाएको सहयोग पुर्याउने छ भन्ने पुर्ण विश्वास लिएका छौ ।साथै काठेखोला गाउपालिका वडा नं ६ को फापर चौरमा मृगौला पिडित यव कोरोना सन्क्रमित तारानाथ कडेल को बुबा लाई बिहुकोट समाज जापान ले हिजो -११०००० एक लाख दश हजार एक समरोहका बिच हस्तान्तरण गरिएको बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपलले जानकारी दिनु भयो ।