नवलपुर समाज जापान नागोयाको दोश्रो क्षेत्रिय अधिवेशन सम्पन्न , अध्यक्षमा कँडेल ।

नागोया , जापान । नवलपुर समाज जापान ,नागोया क्षेत्रिय समितिको दोश्रो अधिवेशन सनिवार नागोयामा सम्पन्न भएको छ । अधिवेशनले कृष्ण कँडेलको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। समाजको उपाध्यक्षमा रोशन गुरुङ्ग , सचिव सशी सापकोटा , उप- सचिव  राजन भूषाल , कोषाध्यक्षमा सुलभ अधिकारी रहेका छन्। त्यसै गरी सदस्यहरुमा  रुद्रप्रसाद गैरे , पुजा सापकोटा ( काफ्ले ) , विपि खरेल , अनिता गुरुङ्ग , करुणचन्द्र भूषाल रहेका छन्। सल्लाहकार समितिमा निवर्तमान क्षेत्रिय अध्यक्ष अर्जुन  खरेल, सुरज काफ्ले , प्रकाश गौडेल चयन भएका छन्   

कार्यक्रममा प्रमुख अतिथि नवलपुर समाज  जापानका अध्यक्ष  सागर कँडेलले नवलपुर समाजले गरेका सामाजिक कार्यको चर्चा गर्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ , जापान साखाका संस्थापक सदस्य एवं सल्लाहकार कविकिरण न्यौपाने , एनआरएनए जापानका कार्यसमिति सदस्य  बाबुराम खरेल , गल्कोट समाजका सल्लाहकार एवं व्यवशायी यम खत्री , नेसाजका पूर्व अध्यक्ष एवं एनआरएनएका सल्लाहकार विमल अधिकारी ,  नवलपुर समाजका उपाध्यक्ष  कृष्ण खरेल , समाजका नागोया सल्लाहकार एवं व्यवशायी सुरज काफ्ले , गोर्खा समाजका महेश अर्याल , नागोया स्थित जापनिज कलेजमा कार्यरत किरण तिवारी , लगाएतका व्यक्तिहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम नवलपुर समाज नागोया क्षेत्रिय अध्यक्ष अर्जुन खरेलको अध्यक्षता एवं समाजका क्षेत्रिय सल्लाहकार प्रकाश गौडेलले सञ्चालन गर्नु भएको थियो । 

उक्त कार्यक्रममा नेपालका चर्चित कलाकार सिपी पौडेल आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा  भएकाले सहभागीहरु बाट २१ हजार येन संकलन गरिएको थियो । उक्त रकम छिटै नेपाल पठाईने वताईएको छ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago