वग्नासकाली गाउँपालिका जिल्लाकाे पहिलो खरकाे छानाेमुक्त , व्यवसायी तरकारी खेतीमा रमाउदै किसान ।

सन्ताेष गहतराज, पाल्पा । जिल्लाकाे बग्नासकाली गाउँपालिकाले आफ्नो गाउँपालिका भित्रका सबै वडाहरूमा खरकाे छानाे हटाई जस्तापाता छाउने कार्य सम्पन्न गरेको छ । गाउँपालिका जिल्लामा नै खरकाे छानामुक्त पहिलो गाउँपालिका बनेको हाे  साथै व्यवसायी तरकारी खेतीमा रमाउदै बग्नासकालीका बस्याल पनि ।

गाउँपालिकाले पालिकाका सबै वडामा खरकाे छाना भएका घरहरूकाे तथ्यांक संकलन गरि ती घरहरूका नागरिकहरूलाई जस्ता पाता वितरण गरिएको र अहिले गाउँपालिकाकाे सबै वडामा खरकाे छानाे हटाई जस्ता पाता लगाइएको गाउँपालिकाका अध्यक्ष कृष्ण बस्यालले बताउनु भयाे  गाउँपालिकाले खरका छाना भएका करिब २ सय ४९ घरमा जस्तापाता लगाउने कार्य सम्पन्न गरिसकेकाे छ । गाउँपालिकाले पालिका भित्रका खरका छानालाई विस्थापित गरि रू ८० लाख लागतमा जस्तापाता छाउने कार्य सम्पन्न गरिएको अध्यक्ष बस्यालले बताउनु भयाे । अहिले बग्नासकाली गाउँपालिकाकाे सबै वडाका नागरिकहरूकाे घर जस्तापाताले छाएको छ । स्थानीय सरकार अाए पछि गाउँपालिकाले खरकाे छानालाई बिस्थापित गरि जस्तापाताले वितरण गरे पछि अहिले पालिकाका नागरिकहरू घरमै सरकार अाएकाे अनुभूति गरेका छन ।

व्यवसायी तरकारी खेतीमा रमाउदै बग्नासकालीका बस्याल 

स्वदेशमा नै कर्म गर्न सके कर्म अनुसारकाे अवश्य फल प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई  प्रमाणित गरेका जिल्लाकाे बग्नासकाली गाउँपालिका वडा न ९ बुढिकाेटका  स्थानीय कृषक रिसि बस्याल,१० बर्ष बैदेशिक राेजगारिकाे सिलसिलामा विदेशीय कृषक बस्यालले अहिले अाफ्नाे खेतबारीमा व्यवसायी रूपमा घरपरिवारका सदस्यहरू मिलि तरकारी  तरकारी खेती गरेका छन । व्यवसायिक रूपमा कृषि गर्दा थाेरै जग्गा जमिनबाट पनि धेरै लाभ लिन सकिन्छ भन्ने कृषक बस्यालले अहिले ७ राेपनी क्षेत्रफलमा माैसमी तथा बेमौसमी तरकारी लगाउने गरेको बताउनु भयाे । बिशेष गरि उहाकाे बारीमा कार्का,टमाटर,काउली बन्दा,सिमी,अालु लगाएत कुरिलाेकाे समेत व्यवसायिक रूपमा खेती गरेकाे बताउनु भयाे । ७ जना परिवारका सदस्यहरू रहेकाे बताउने बस्यालले अाफुलाई कृषि कार्यमा परिवारका सदस्यहरू मिलेर व्यवसाय रूपमा टनेल निर्माण गरेर खेति गरेकाे बताउनु भयाे । विदेशीयका युवाहरूलाई स्वदेशमा नै पशिना बगाउनु पर्दछ भन्न सन्देश दिने बस्यालले मासिक रूपमा ४० ,५० हजार कमाउन विदेश जानू नपर्ने बताउनु हुन्छ  व्यवसायीक रूपमा खेती गरेमा थाेरै जग्गाबाट पनि मनग्य अामादानी गर्न सकिन्छ भन्ने बस्याले अाफुले उत्पादन गरेकाे तरकारीहरू केही गाउँ ,पाल्पाकाे सदरमुकाम तानसेन तथा बुटवल सम्म पनि पुग्याउने गरेकाे बताउनु भयाे । कर्ममा विश्वास गर्ने तर कुरामा विश्वास गर्दिन भन्ने बस्यालले अाफुले नर्सरीकाे रूपमा टमाटर,खुर्सानी,काउली बन्दा लगाएतका माैसमी तथा बेमौसमी तरकारीका बिरूवाहरू पनि उत्पादन गर्ने गरेको बताउनु भयाे । अहिले बस्याललकाे तरकारी बारीमा तयारी कार्का,करेला,फर्सी लगाएतका तरकारी रहेकाे र टमाटर,काउली बन्दा अालु  लगाएतका तरकारी हुर्कदै गरेकाे बताउनु भयाे । गाउँपालिकाबाट काेबिड १९ काे कार्यक्रम अन्तर्गत टनेल निर्माण तथा व्यवसायी तरकारी खेतीकाे लागि अनुदान प्राप्त गरेकाे बताउदै अागामी दिनमा व्यवसायलाई अझै व्यवसायिक  बनाउने बताउनु भयाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago