बोबाङमा ज्यान गुमाउमाएका प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै बिहुकोट समाज जापानले आर्थिक सहयोग ।

 

जापान । बाग्लुङ जिल्ला ढोरपाटन नगरपालीका बोबाङमा सेक्टेम्वर २ तारिक परेको अबिरल बर्षासंग आएको बाढि पहिरोले धेरै धनजनको क्षति भएको मा  हामी सबै स्तब्ध छौ ।

बाढि पहिरोमा परि ज्यान गुमाउनु भएका हरु प्रती हार्दिक श्रद्धान्जली अर्पण गर्दै सम्पुर्ण घाइतेहरुको शिघ्र स्वाथ्य लाभको कामना गर्दछौ । यस दुखत घडिमा गास , वास र कपास नभएका त्यस ठाँउका व्यक्तिहरूलाई केहि राहात पुर्याउने उद्देश्यले बिहुँकोट समाज जापान मार्फत आर्थिक सहयोग अभियान सञ्चालन गरेका थियौ । कोरोना भाइसले गर्दा जापानमा लगभग सबैले आर्थिक समस्या भोग्नु  परेको छ यस्तो अवस्थामा पनी उदार दिलका साथ आर्थिक  सहयोग गर्नुहुने सम्पुर्ण सहयोगी मनहरुलाई बिहुँकोट समाज जापानको तर्फवाट हार्दिक धन्यबाद ज्ञापन गर्दछौ  | अभियान वाट संकलित रक़म  जापानी येन २५०४२२ अर्थात नेपाली रुपैया २७४००० ( अक्षरुपी दुइलाख चौरहत्तर हजार रुपैया ) , नेपालको रहेको कोषबाट रु ३७००० र अन्य व्यक्ति वाट रु २०० गरी जम्मा जम्मा रु ३११२०० (अक्षरुपी तिन लाख एघार हजार दुइ सय ) मध्य रु २५१२०० (अक्षरूपी दुइलाख एकाउन्न हजार दुइ सय)  जापान समाज बिहुँकोटका पदाधिकारि हरु मार्फत ढोरपाटन नगरपालीका मेयर देबकुमार नेपाली ज्यु  लाई हस्तान्तरण गरियो । साथै  बाढि पहिरामा परि तमानखाेला गाउँपालीका मा २ जना काे मृत्यु भएकोमा  रु २००००  सोही गाँउपालीका का अध्यक्ष जोकलाल बुढा ज्यु  लाई र  निसिखोला गाँउपालीका बाड नं ७ मा पहिरामा  परि ४ जना काे मृत्यु भएकोमा  रु ४०००० बाडअध्यक्ष तेजेन्द्र बिक्रम कुँवर ज्यु  लाई हस्तान्तरण  गरिएको  जानकारी  गराउदछौ ।

एकद्वार प्रणाली लागु भएको हुनाले प्रत्यक्ष पिडितलाई राहत सहयोग गर्न नसकीयता पनि नगरपालीका ले न्योचित रुपमा पिडित समक्ष हामीहरुले पठाएको सहयोग पुर्याउने छ भन्ने पुर्ण विश्वास लिएका छौ ।साथै काठेखोला गाउपालिका वडा नं ६ को फापर चौरमा मृगौला पिडित यव कोरोना सन्क्रमित तारानाथ कडेल को बुबा लाई  बिहुकोट समाज जापान ले हिजो -११०००० एक लाख दश हजार  एक समरोहका बिच हस्तान्तरण गरिएको बिहुकोट समाज जापानका अध्यक्ष अशोक शर्मा गोपलले जानकारी दिनु भयो ।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago