योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित ।

जापान ।  योशिहिदे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्नुभएको छ । संसदमा बुधबार भएको चुनावमा सुगा प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको हो ।

यसअघि जापानको सत्तारुढ पार्टीले योशिहिदेलाई नयाँ नेता बनाउने निर्णय गरेसँगै उहाँ प्रधानमन्त्री बन्ने पक्का भएको थियो । गएको महिना शिन्जो आबेले स्वास्थ्यका कारण प्रधानमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।

७१ वर्षका योशिहिदे यसअघिको मन्त्रिपरिषदमा सचिवको भूमिकामा हुनु हुन्थ्यो । उहाँ आबेका नजिकका सहयोगी मानिनु हुन्छ । उहाँले प्रधानमन्त्रीका रुपमा आबेका नीतिहरु अघि बढाउने अनुमान गरिएको छ । किसान परिवारकाे सुगा सन् १९९१ मा प्रधानमन्त्री बन्नुभएका किचि मियाजावापछि सवैभन्दा पाको उमेरको प्रधानमन्त्री हुनुभएको छ ।

प्रधानमन्त्रीका रुपमा निर्वाचित भएपछि उहाँले देश र जनताको लागि काम गर्न आफू सधैँ प्रतिबद्ध रहेको बताउनुभएको छ । मेरो लगाव सबै देश र जनताका लागि हुनेछ, म त्यसैका लागि काम गर्नेछु’, उहाँले भन्नुभयो । 

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago