नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा ।

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चार किलो र पाँचकिलोमा बुधबार बिहान खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको छ। सडकका चार ठाउँमा एकतर्फी सञ्चालनमा रहेका छन् भने अन्य ठाउँ सफा गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टकाअनुसार बिहान ५:४५ बजेको समयमा ती दुवै ठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको थियो। पहिरो पन्छाएसँगै बिहान ११:०० बजेदेखि सवारी आवागमन शुरु भएको उनले जानकारी दिए। 

भट्टका अनुसार सो सडकको सत्रकिलो, सिमलताल, रिग्दीखोला र भालुढुङ्गामा एकतर्फी सडक खुलेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख कृष्णराज अधिकारीका अनुसार एकतर्फी सडक खुलेका ठाउँमा दुईतर्फी खुलाउने काम शुरु भएको छ।

सो सडकखण्डमा सोमबार राति ठाउँठाउँमा पहिरो खसेको थियो। पाँच वर्षयताको सबैभन्दा बढी पहिरो खसेको कार्यालयले जनाएको छ। मङ्गलबार दिनभर १६ उपकरण प्रयोग गरेर पहिरो पन्छाइएको थियो।

Bishawas Acharya

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago