सांसद सरिता गिरिले सांसद पद गुमाउने !

काठमाडौं । पार्टीको ह्वीप नमानेको र अनुशासन उल्लंघन गरेको आरोपमा समाजवादी पार्टीकी सांसद सांसद सरिता गिरिको सांसद पद धरापमा परेको छ ।

सरकारले अद्यावधिक गरेको नेपालको नक्शालाई संविधानको अनुसूचीमा संलग्न गराउन गरिएको संविधान संशोधनको प्रस्तावमा गिरिले पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन् ।उनले सांसद पद मात्र नभई पार्टी अनुशासन उल्लंघन गरेकाले पार्टीमा प्राप्त हैसियत पनि गुमाउनु पर्ने देखिएको छ ।

संशोधन प्रस्ताव फिर्ता नलिए कार्वाही हुने भन्दै यसअघि नै पार्टीका मुख्य सचेतकले चेतावनी दिइसकेका थिए । तैपनि गिरिले प्रस्ताव फिर्ता नलिएपछि सभामुखले उनको प्रस्ताव संसदमा छलफलका लागि योग्य नभएको भन्दै खारेज गरिदिएका थिए ।

निशान छाप परिवर्तनका लागि गरिएको संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी मात्र नभई उनले अलग्गै संशोधन प्रस्ताव नै दर्ता गराएकी थिइन् । संसदमा एक्लै दर्ता गराएकी संशोधन प्रस्ताव फिर्ता लिई सरकारले ल्याएको प्रस्तावमा मत दिन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले उनी कार्वाहीमा पर्ने भएकी हुन् ।

आफूले दर्ता गरेको प्रस्ताव फिर्ता लिएर संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न पार्टीले लगाएको ह्वीप नमानेकाले गिरिमाथि कार्वाही हुने समाजवादी पार्टीका एक नेताले बताएका छन् ।

गिरि समाजवादी पार्टीको खस आर्यको कोटाबाट समानुपातिक सांसद हुन ।संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको सूचित गरेमा सांसद पद निलम्बन हुने व्यवस्था रहेको छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago