सरकारले अद्यावधिक गरेको नेपालको नक्शालाई संविधानको अनुसूचीमा संलग्न गराउन गरिएको संविधान संशोधनको प्रस्तावमा गिरिले पार्टीको ह्वीप उल्लंघन गरेकी थिइन् ।उनले सांसद पद मात्र नभई पार्टी अनुशासन उल्लंघन गरेकाले पार्टीमा प्राप्त हैसियत पनि गुमाउनु पर्ने देखिएको छ ।
संशोधन प्रस्ताव फिर्ता नलिए कार्वाही हुने भन्दै यसअघि नै पार्टीका मुख्य सचेतकले चेतावनी दिइसकेका थिए । तैपनि गिरिले प्रस्ताव फिर्ता नलिएपछि सभामुखले उनको प्रस्ताव संसदमा छलफलका लागि योग्य नभएको भन्दै खारेज गरिदिएका थिए ।
निशान छाप परिवर्तनका लागि गरिएको संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी मात्र नभई उनले अलग्गै संशोधन प्रस्ताव नै दर्ता गराएकी थिइन् । संसदमा एक्लै दर्ता गराएकी संशोधन प्रस्ताव फिर्ता लिई सरकारले ल्याएको प्रस्तावमा मत दिन पार्टीले दिएको निर्देशन उल्लंघन गरेकाले उनी कार्वाहीमा पर्ने भएकी हुन् ।
आफूले दर्ता गरेको प्रस्ताव फिर्ता लिएर संविधानको अनुसूची संशोधनको पक्षमा मतदान गर्न पार्टीले लगाएको ह्वीप नमानेकाले गिरिमाथि कार्वाही हुने समाजवादी पार्टीका एक नेताले बताएका छन् ।
गिरि समाजवादी पार्टीको खस आर्यको कोटाबाट समानुपातिक सांसद हुन ।संविधानको धारा ८९ को (ङ) मा जुन दलको उम्मेदवार भई प्रतिनिधिसभा सदस्य बनेको हो, त्यस्तो दलले दल त्याग गरेको सूचित गरेमा सांसद पद निलम्बन हुने व्यवस्था रहेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…