सुन्तलीको मोबाइल

पुष्कर राज रेग्मी

सुन्तलीको मोबाइलमा
मेरो बाउको नाम देखें
आमा बाउको झगडा देखें
भात भान्सामा लफडा देंखे
मंगलसुत्र हराएको कारण भेटें
बाहिरकै बासको उदाहरण भेटें
सुन्तलीको मोबाइलमा
मेरो बाउको काम देखें

सुन्तलीको मोबाइलमा
मेरो गुरुको नाम देखें
सेतो कपाल कालो देखें
दार्हीजुंगा सफाचट देखें

कक्षा कोठामा निदाएको भेटें
फेसबुक चलाउन व्यस्त भेटें
सुन्तलीको मोबाइलमा
मेरो गुरुको काम देखें

सुन्तलीको मोबाइलमा
हाकिम साबको नाम देखें
बाह्र– दुईको हाजिरी भेटें
यस्तै चाला रीत भेटें
सधैं मिटिङमा व्यस्त देखें
हाकिमनीलाई समेत ढाँटेको देखें
सुन्तलीको मोबाइलमा
हाकिम साबको काम देखें

सुन्तलीको मोबाइलमा
मेरो छोराको नाम देखें
ज्यादा फर्माइस खर्च भेटें
साथी संगीको पल्सरमा भेटें
वेवकुफलाई सधैं स्मार्ट देखें
विहे नगर्ने कारण देखें
सुन्तलीको मोबाइलमा
मेरो छोराको काम देखें

सुन्तलीको मोबाइलमा
मेरो ज्वाईको नाम देखें
छोरी सधैं निन्याउरो देखें
माइतमै बस्न रुचाउने देखें
छोडपत्रको म्यासेज भेटें
नाती नातिना मरन्च्याँसे भेटें
सुन्तलीको मोबाइलमा
मेरो ज्वाइको काम देखें

सुन्तलीको मोइबालमा
पत्रकारको नाम देखें
समाचार बढाइ चढाइ देखें
ब्लोअपको तस्विर देखें
विज्ञापनको कुम्लो पो भेटें
सम्मान पुरस्कारमा सधैं भेटें
सुन्तलीको मोबाइलमा
पत्रकारको काम देखें

सुन्तलीको मोबाइलमा
सुरक्षाकर्मीको नाम देखें
बैंक व्यालेन्स थुप्रै भेटें
निरपराधी सधैं फसेको भेटें
अख्तियार अझै नपुगेको देखें
सबका सवको मिलेमतो देखें
सुन्तलीको मोबाइलमा
सुरक्षाकर्मीको काम देखें

सुन्तलीको मोबाइलमा
नेता गणको काम देखें
सहमती सहकार्य एकता देखें
दुई जिब्रे काम कुरो भेटें
राजनीति गर्ने कारण भेटें
राज्य खजाना ब्रह्मलुट देखें
सुन्तलीको मोबाइलमा
नेतागणको काम देखें

सुन्तलीको मोबाइलमा
विक्की डनको नाम देखें
डनको डरलाई कातर भेटें
हिंसा व्यापार वलत्कार देखें
थरर्रर काम्दै नतमस्तक भेटें
मर्दहरू सव नामर्द देखें
सुन्तलीको मोबाइलमा
विक्की डनको काम देखें

सुन्तलीको मोबाइलमा
म्याडम सोनीको नाम देखें
पालैपालो सबलाई भेटें
ग्राइनडिजाइनको कारण भेटें
सुन्तली नै म्याडम सोनी देखें
जस्तो देखें त्यस्तै लेखें
सुन्तलीको मोबाइलमा
म्याडम सोनीको काम देखें

सुन्तलीको मोबाइलमा
सबका सवको नाम देखें
खोल्दै जाँदा हेर्दै जाँदा
सबका सव बद्नाम देखें
सुन्तलीको मोबाइलमा
मैले मेरो नाम देखें
खोल्दै जाँदा हेर्दै जाँदा
मैले गरेको काम देखें

(कवि : साहित्य तथा स्वास्थ्य प्रतिस्ठान पाल्पाका अध्यक्ष हुनुहुन्छ ।)

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago