कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने ५ नम्बर प्रदेश मन्त्रिपरिषदको निर्णय, प्रभावित किसानलाई राहत

पाल्पा, – कोभिड -१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने ५ नम्बर प्रदेश मन्त्रिपरिषदले निर्णय गरेको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषदले ब्यवसायीक कृषकलाई राहत दिन बिशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । बिशेष कृषि कार्यक्रमका लागि ५१ करोड १४ लाख रुपैंया छुट्टयाइएको मुख्य मन्त्रीका प्रेस सल्लाहकार शेर बहादुर केसी ले जानकारी दिनुभयो । उल्लिखित रकम साउन मसान्तसम्म खर्च गर्नुपर्ने सल्लाहकार केेेेसीले जानकारी दिनुुुभयो ।

मन्त्रिपरिषदले गरेका कृषि विशेष निर्णयहरु –

क. कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया
ख. बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी,प्युठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने, ५ सय किसान लाभान्वित हुने, कम्तिमा २ देखि ६ रोपनी सम्ममा आलु खेती गरेको हुनुपर्ने, प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने ।
ग. व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम – दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी, प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने । ७ हजार लाभान्वित हुने । कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने । मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने । यो कार्यक्रमका लागि १४ करोड रुपैंया खर्च हुने ।
घ. कोभिड – १९ का कारण विदेशबाट फर्केका र व्यवसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम,
यो कार्यक्रमका लागि २१ करोड ८० लाख खर्च गर्ने प्रदेशका १ सय ९ वटै पालिकामा लागु गर्ने । व्यवसायिक खेतीका लागि मल विषादी, स-साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने । प्रति किसान २० हजारका दरले सहयोग गर्ने । १० हजार ९ सय लाभान्वित हुने ।
ङ. ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि ७ करोड
२ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने । ६ हजार लाभान्वित हुने ।
च. दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि २ करोड ८० लाख रुपैंया
दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने ।
छ. बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैया । सबै जिल्लामा सञ्चालन गर्ने । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने । प्रति बिघा २० हजार रुपैंयाका दरले दिने । यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने ।

bhabindra gautam

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago