कपिलवस्तुमा सुरक्षकर्मी देखी स्थानिय तहका कर्मचारीमा कोरोना सङक्रमण

पाल्पा । ५ नम्वर प्रदेशको तराईका जिल्लामा कोरोना सङक्रमण भएका व्यक्ति वढेसंगै यस क्षेत्रमा त्रास फैलिएको छ । कपिलवस्तुमा ६ वर्षीया बालिका सहित ४ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भए संगै यस जिल्ला वासी त्रसित वनेका छन् । जिल्लाका ३९ संक्रमित मध्ये ३२ जना रोजगारीका लागि भारत गएर फर्किएका रहेका छन् । ६ जना दैनिक काममा धेरैसँग सम्पर्क रहेका व्यक्ति हुन् भने ६ वर्षकी बालिकामा समेत संक्रमण पुष्टि भएको छ । बाणगङ्गा नगरपालिका ४ की ६ वर्षीय बालिकामा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यलय कपिलवस्तुले जनाएको छ। बालिकाको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंमा उपचार भईरहेको छ ।
कपिलवस्तुमा चार जना सुरक्षाकर्मी संक्रमित भएका छन्। प्रहरी स्रोतका अनुसार नेपाल प्रहरीका दुई तथा राष्ट्रिय अनुसन्धान र सशस्त्र प्रहरीका एकएक जनामा कोरोना देखिएको हो।
दुई जना नगरपालिकाका कर्मचारी रहेको कृष्णनगर नगरपालिकाकाले जानाएको छ । जसमध्ये एक जना पालिकाकै एउटा शाखाका प्रमुख रहेको र अर्का एक जना नगरपालिकाका सरसफाइकर्मी रहेको नगरपालिका स्रोतले जनाएको छ ।
तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा समेत कोरोना संक्रमण भएपछि जिल्लावासी त्रसित छन् । सर्वसाधारणको प्रत्यक्ष सम्पर्कमा रहने सुरक्षाकर्मी, स्वास्थ्यकर्मि, र स्थानिय तहका कर्मचारीमा समेत कोरोना सङक्रमणको पुष्टि हुनुले कपिलवस्तुमा धेरैजनामा कोरोना संक्रमण भएको हुन सक्ने आशङ्का गरिएको छ । सङ्क्रमित सवैको उपचारका लागि आइसोलेशनमा राखिएको छ।

bhabindra gautam

Recent Posts

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago