गोरखा। गोरखाको आरुघाट गाउँपालिका–२ स्थित ठोट्नेरी खोलामाथि करिब रु ५० लाखको लागतमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वीस सरकारको सहयोगमा सञ्चालित हेल्भेटास परियोजनाको आर्थिक सहयोग रहिमाली क्षेत्र विकास केन्द्रको समन्वयमा सो पुल निर्माण गरिएको हो ।
पुल निर्माणमा कूल रु ४९ लाख ९१ हजार ३७६ खर्च भएको केन्द्रका संयोजक वीरबल घलेले जानकारी दिनुभयो । निर्माण सम्पन्नभएको उक्त पुलको लम्बाइ ८६ मिटर रहेको छ । पुल निर्माण भएसँगै स्थानीय शङ्कदेवी आधारभूत विद्यालयमा अध्ययन गर्नेबालबालिकालाई आवतजावतमा सजिलो भएको स्थानीयवासी राजकुमार ढकालले जानकारी दिनुभयो । “झोलुङ्गे पुल नहुँदासम्मबालबालिकाले जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता थियो, उहाँले भन्नुभयो, “पुल बनेसँगै अब ढुक्कसँग हाम्रा बालबालिकालाईविद्यालय पठाउन सक्ने भएका छाँै ।” उक्त झोलुङ्गे पुलबाट मान्बु ठोट्नेरीदेखि छापगाउँ हुँदै धादिङको बसेरी गाउँसम्मका मानिसदैनिक आउजाँउ गर्ने ढकालले बताउनुभयो ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…