प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ। प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नैनिवासमा निधन भएको

अहिले बिहान नारायणीमा उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको विसं १९७१ माघ गते बागलुङमाजन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहनुभएको थियो विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइरालाबागलुङ जाँदा उहाँको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गर्नुभएका सापकोटा त्यसपछि नेपालमाप्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभयो

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उहाँको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल पर्नुभयो सापकोटालेबागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याउनुभएको उहाँले विसं २०१३ मादमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित उहाँले सोक्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना सहयोग गर्नुभएको

उहाँ विसं २०२९ मा गैंडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाउनुभएको थियो उहाँकै संयोजकत्व विसं२०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको  विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो गैँडाकोटमा सुप्रसिद्धकालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमाउहाँले योगदान पु¥याउनुभएको थियो बिपीको सहयात्रीको रुपमा चिनिनुहुने सापकोटा धार्मिक, आध्यात्मिक न्यायको पक्षमावकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थीआन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो

उहाँ विसं २०४२ को सत्याग्रह, २०४६ २०६२÷२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लड्नुभएको थियो   उहाँका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुनुहुन्छ तिलकसहित उहाँका दुईछोरा एक छोरी हुनुहुन्छ

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago