प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

काठमाडौँ। प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नैनिवासमा निधन भएको

अहिले बिहान नारायणीमा उहाँको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको विसं १९७१ माघ गते बागलुङमाजन्मिनुभएका सापकोटा नेपाली कांग्रेस सेनानी सङ्घका सदस्य रहनुभएको थियो विसं २०१६ को संसदीय निर्वाचनमा बिपी कोइरालाबागलुङ जाँदा उहाँको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गर्नुभएका सापकोटा त्यसपछि नेपालमाप्रजातन्त्रको पक्षमा निरन्तर लाग्नुभयो

विसं २०१७ पुषमा बिपी पक्राउ परेपछि उहाँको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल पर्नुभयो सापकोटालेबागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्याउनुभएको उहाँले विसं २०१३ मादमेकस्थित आफ्नै गोठबाट शुरु गर्नुभएको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित उहाँले सोक्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना सहयोग गर्नुभएको

उहाँ विसं २०२९ मा गैंडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुरयाउनुभएको थियो उहाँकै संयोजकत्व विसं२०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको  विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो गैँडाकोटमा सुप्रसिद्धकालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमाउहाँले योगदान पु¥याउनुभएको थियो बिपीको सहयात्रीको रुपमा चिनिनुहुने सापकोटा धार्मिक, आध्यात्मिक न्यायको पक्षमावकालत गर्ने निर्भिक व्यक्तित्व हुनुहुन्थ्यो

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बिपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थीआन्दोलनमा सहयोग गरेको आरोपमा उहाँलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो

उहाँ विसं २०४२ को सत्याग्रह, २०४६ २०६२÷२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लड्नुभएको थियो   उहाँका छोरा तिलकप्रसाद सापकोटा नेपाली काँग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य हुनुहुन्छ तिलकसहित उहाँका दुईछोरा एक छोरी हुनुहुन्छ

sp sp

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago