पूर्वखोलाले ५०% अनुदानमा गहुँको बीउ वितरण ।

पाल्पा । पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ।

गहुँ बालिमा उत्पादन दर बढाउने र कृर्षकको आम्दानी वृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ को योजना अनुसार २ हजार ३ सय किलो ग्रमको उन्नत जातको नेपाल सरकारले सिफारिस गरेको गौतम जातको गहुँको बीउ वितरण गरेको हो । वडा न १ सिलुवामा २ सय किलो वडा नम्बर २ जल्पामा ४ सय किलो वडा नम्बर ३ रिङनेरहमा ४ सय किलो वडा नम्बर ४ देविनगरमा १२ सय किलो र वडा नम्बर ५ विरकाेटमा १ सय किलो गरि जम्मा २ हजार ३ सय किलाेग्राम गहुँको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख सन्तोष कडेलले जानकारी दिनुभएको छ। विगत वर्षमा धान बाहेक अरु बालि नलगाउने खेतमा स्थानीय सरकारले उन्नत जातको विभिन्न कृर्षि उपज विउहरु सौलियत रुपमा उपलब्ध गराए पछि मौसम अनुसारको अन्न बालि तरकारी उत्पादन हुदा आम्दानी बढ्नुका साथै केही पैसा बचाउन सफल भएको देविनगर वडाका कृर्षक कृष्ण बा खाम्चाले बताउनु भयो । साथै कृर्षको माग अनुसार आलुको बीउ खरिद गरि सकेको र सवारी साधन उपलब्ध नहुदा वडा वडामा पठाउन अझ २ / ४ दिन लाग्ने गाउपालिका अध्यक्ष नुन बा थापाले बताउनु भएको छ।

Comments
Bishawas Acharya

Recent Posts

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago

ढकमक्क फुलेको लालीगुराँस

प्युठानको गौमुखी गाउँपालिका–६ लिवाङ बुक्तिचौरमा फुलेको लालीगुराँस। ढकमक्क फुलेको लालीगुराँसले अत्यधिक रूपमा आन्तरिक पर्यटकलाई आकर्षित…

54 years ago