पाल्पा । पाल्पा जिल्लाको पुर्वखोला गाउँपालिकाले ५० प्रतिशत अनुदानमा उन्नत जातको गहुँको बीउ वितरण गरेको छ। गहुँ बालिमाउत्पादन दर बढाउने र कृर्षकको आम्दानी वृद्धि गर्ने उद्देश्यले आर्थिक वर्ष २०७७/०७८ को योजना अनुसार २ हजार ३ सय किलो ग्रमकोउन्नत जातको नेपाल सरकारले सिफारिस गरेको गौतम जातको गहुँको बीउ वितरण गरेको हो । वडा न १ सिलुवामा २ सय किलो वडानम्बर २ जल्पामा ४ सय किलो वडा नम्बर ३ रिङनेरहमा ४ सय किलो वडा नम्बर ४ देविनगरमा १२ सय किलो र वडा नम्बर ५विरकाेटमा १ सय किलो गरि जम्मा २ हजार ३ सय किलाेग्राम गहुँको बीउ वितरण गरेको कृषि शाखाका प्रमुख सन्तोष कडेललेजानकारी दिनुभएको छ। विगत वर्षमा धान बाहेक अरु बालि नलगाउने खेतमा स्थानीय सरकारले उन्नत जातको विभिन्न कृर्षि उपजविउहरु सौलियत रुपमा उपलब्ध गराए पछि मौसम अनुसारको अन्न बालि तरकारी उत्पादन हुदा आम्दानी बढ्नुका साथै केही पैसाबचाउन सफल भएको देविनगर वडाका कृर्षक कृष्ण बा खाम्चाले बताउनु भयो । साथै कृर्षको माग अनुसार आलुको बीउ खरिद गरिसकेको र सवारी साधन उपलब्ध नहुदा वडा वडामा पठाउन अझ २ / ४ दिन लाग्ने गाउपालिका अध्यक्ष नुन बा थापाले बताउनु भएको छ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…