कर्मचारीलाई कोरोनाको डर, सेवाग्राहीलाई सेवाको आश

लम्कीचुहा नगरपालिकाका हीरासिंह बोहरा मालपोत कार्यालय टीकापुर धाउन थालेको दुई हप्ता पूरा भयो मालपोत कार्यालयमा सेवापाउँछु भन्ने आशा बोहरामा भए पनि मङ्गलबार मालपोत कार्यालयले वितरण गर्ने कुपन नपाउँदा उहाँ निराश हुनुहुन्थ्यो

बिहान बजे मालपोत कार्यालय टीकापुर पुगेका हीरासिंह भन्दा पहिले नै धेरै सेवाग्राही लाइनमा भएका कारण मालपोत कार्यालयलेदैनिक वितरण गर्ने ६० वटा कुपनमा उनी अटाउन सक्नुभएन तैपनि कुनै विकल्प भइहाल्ने कि ? भन्ने आशामा उहाँ दिनभर मालपोतकार्यालय परिसरमै रहुनभयो तर, काम भएन

मालपोतले कुपन वितरण गर्छ तर, केही कुपन कर्मचारीले नै भित्रै मिलाउदा रहेछन्”, हीरासिंहले भन्नुभयो, “हामी सर्वसाधारणकालागि धेरै ठूलो सास्ती कसैसँग पहुँच हाम्रो कुरा कसैले सुन्छ उहाँले जग्गा रोक्काका लागि दुई हप्तादेखि मालपोतकार्यालय आउँदा मात्रै ठूलो खर्च भइसकेको बताउँदै कर्मचारीकै कारण कोरोना भाइरसको त्रास भयावह बन्दै गएको बतउनुभयो

त्यस्तै, भजनी नगरपालिका बसाहाका फरहारी डङ्गौरा पनि जग्गा रोक्काका लागि मालपोत धाउन थालेको हप्ता दिन पुगेकोबताउनुभयो मालपोतले हप्तैपिच्छे नियम बनाउँदा हामी सेवाग्राहीले ठूलो सास्ती भोग्नु परेको ”, उहाँले भन्नुभयो, “नियम बदलिन्छथाहै हुँदैन आफूलाई जस्तो सहज भयो, त्यस्तै नियम बनाउँदा कोरोनाबाट कर्मचारी सुरक्षित रहलान् तर, सेवाग्राहीको जिम्मेवारीकसले लिने ?”

मालपोत कार्यालय टीकापुरले असोज गतेबाट हालसम्म तीन पटक नियम बदलिसकेको मालपोत कार्यालयमा सेवाग्राहीकोअत्याधिक भीडभाड हुन थालेपछि असोज गते आइतबारबाट एक स्थानीय तहका लागि एक बार मात्र सेवा प्रवाह गर्ने निर्णय गरेकोथियो उक्त नियम दुई दिन पनि टिक्न सकेन त्यसपपछि दैनिक ४० जना सेवाग्राहीको काम मात्र हुने गरी कुपन प्रणाली लागू ¥यो त्यो नियम पनि दोस्रो दिन कार्यान्वयन हुन सकेन

पुनः मालपोत कार्यालयले साविकका गाविस अनुसार बार छुट्याएर सेवाप्रवाह गर्न शुरु ¥यो त्यसमा पनि अत्याधिक भीडभाड हुनथालेपछि मालपोत कार्यालयले साविकका गाविसलाई बार अनुसार दैनिक ६० वटा कुपन वितरण गरी सेवा प्रवाहको काम शुरु गरेको अहिले दैनिक ६० वटा कुपन वितरण हुँदा सेवाग्राही राति बजेदेखि नै कुपनका लागि लाइनमा बस्ने गरेका छन्

मालपोतले १० बजेपछि मात्र कुपन वितरण गर्ने भने पनि सेवाग्राहीले बिहान बजेदेखि नै लाइनमा बस्दै आएका नेपाल लेखापढी कानूनव्यवसायी एशोसिएशन इकाई समिति टीकापुरका अध्यक्ष सत्यराज शर्माले बताउनुभयो उहाँले बन्दाबन्दीका कारण हजारौंसेवाग्राहीको काम रोकिएको बताउँदै सुरक्षाका मापदण्ड अपनाएर आएका सेवाग्राहीका काम कर्मचारीले गर्न सके भीडभाड कम हुनेबताउनुभयो

रोक्का, फुकुवाका लागि किन कुपन वितरण गर्नुप¥यो ? कुपन प्रणालीले झनै जोखिम निम्त्याएको ”, अध्यक्ष शर्माले भन्नुभयो, “यदिकुपनै वितरण गर्नुपर्ने भए पनि सेवाग्राहीलाई अघिल्लो दिन नै कुपन वितरण गर्दा भीडभाड कम  हुनसक्छ

मालपोत कार्यालय टीकापुरका प्रमुख दलबहादुर चन्दले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि हप्तैपिच्छे नियम परिवर्तनगर्नुपरेको बताउनुभयो उहाँले जुन प्रक्रिया अपनाउँदा पनि भीडभाड कम गर्न नसकिएको बताउँदै मालपोत कार्यालय कोरोनाको उच्चजोखिममा रहेको बताउनुभयो हामीले रहरभन्दा पनि बाध्यताले विकल्प खोज्दै आएका हौं”, उहाँले भन्नुभयो, “अझै पनि सेवाग्राहीकोभीडलाई नियन्त्रण गर्न सकेका छैनौँं त्यसमा पनि प्रतिलिपि निवेदनमा हामीले कुपन प्रणाली लागू गरेका छैनौं

अहिले कुपन वितरण व्यवस्थित गर्न भन्दै इलाका प्रहरी कार्यालय टीकापुरबाट प्रहरी टोलीसमेत मालपोत कार्यालयमा खटिँदै आएको प्रहरी खटिए पनि कुपनका लागि भने ठूलो हानथाप गर्नुपर्ने अवस्था मालपोत कार्यालयमा देखिएको

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago