दस्तुर छुट भएपछि बाँकेमा उद्योग दर्ता गर्ने बढ्यो

लुम्बिनी प्रदेश सरकारले दर्ता दस्तुर छुट गरेपछि बाँकेमा एक महिनामै ३५९ घरेलु तथा साना उद्योग दर्ता भएका छन्

कोरोना महामारीका कारण अर्थतन्त्र सङ्कटमा परेकाले घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि प्रदेश सरकारले दर्ता दस्तुरमापूर्णरुपमा छुट गर्ने निर्णय कार्यान्वयन भएसँगै बाँकेमा उत्साहजनक रुपमा उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय बाँकेकाप्रमुख उद्योग अधिकृत जयराम थारुले जानकारी दिनुभयो

उहाँका अनुसार, चालु आर्थिक वर्षको साउन गतेदेखि भदौ २३ गतेसम्म १३४ उद्योग दर्ता भएकोमा भदौ २३ देखि उद्योग दर्ता दस्तुर छुटगर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएको एक महिनामै ३५९ उद्योग दर्ता भएका छन्

प्रदेश सरकारको गत भदौ २३ गते गतदेखि लागू हुने गरी घरेलु तथा साना उद्योगको प्रवद्र्धनका लागि दर्ता दस्तुरमा पूर्णरुपमा छुट गर्नेनिर्णय गरेको थियो सो निर्णय कार्यान्वयन आएपछि गत भदौ २४ देखि असोज २४ गतेसम्म एक महिनाको अवधिमा मात्रै ३५९ उद्योगदर्ता भएको प्रमुख उद्योग अधिकृत थारुले बताउनुभयो

रु पाँच लाखसम्मको पूँजीमा सञ्चालन हुने घरेलु तथा साना उद्योग दर्ता स्थानीय तहमै हुने व्यवस्था , पाँच लाखभन्दा बढी पूँजीमासञ्चालन हुने उद्योग हामीकहाँ दर्ता हुनुपर्दछ”, उहाँले भन्नुभयो, “उद्योग दर्ता दस्तुर छुट गर्ने प्रदेश सरकारको निर्णय कार्यान्वयन भएपछिअहिले धमाधम उद्योग दर्ता भइरहेका छन्

रु २० लाख सम्मको पूँजीमा सञ्चालन हुने उद्योगको रु पाँच हजार, रु २० लाखदेखि रु ५० लाखसम्मको रु १५ हजार रु ५० लाखदेखिमाथिको पूँजीमा सञ्चालन हुने उद्योग दर्ताको लागि रु २५ हजार दर्ता दस्तुर रहेको थियो प्रदेश सरकारको निर्णय पछि अहिले निवेदनदस्तुरबाहेक अन्य दर्ता दस्तुर पूर्णरुपमा छुट भएको प्रमुख उद्योग अधिकृत थारुले जानकारी दिनुभयो

घरेलु तथा साना उद्योग महासङ्घ बाँकेकी अध्यक्ष मधु खड्काले लुम्बिनी प्रदेश सरकारको घरेलु तथा साना उद्योग दर्ता दस्तुर छुट गर्नेनिर्णयले उद्योगधन्दा सञ्चालन गर्न चाहने उद्यमीलाई ठूलो प्रोत्साहन मिलेको बताउनुभयो दर्ता दस्तुर छुटपछि अहिले धमाधम घरेलुतथा साना उद्योग दर्ता भइरहेको बताउँदै उहाँले महासङ्घले नयाँ उद्योगीलाई व्यावसायिक योजना आवश्यक परामर्श दिने कार्य गर्दैआएको उल्लेख गर्नुभयो

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago