पहाडीको योगदानप्रति नेपाली कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत छः नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्य सानु पहाडीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पहाडीको निष्ठा र योगदानप्रति नेपालको कम्युनिष्ट आन्दोलन र मुलुक अनुगृहीत भएको पूर्वप्रधानमन्त्री नेपालले प्रेस विज्ञप्तिमा जनाउनुभएको छ । सांसद पहाडीले नेपाली समाजको रुपान्तरण र नेपालको कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो । लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित उहाँको आज उपचारका क्रममा काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । उहाँ २०७४ सालमा भएको निर्वाचनमा समानुपातिकतर्फबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट सङ्घीय संसद्को प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो ।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago