काठमाडौं । एनसेल आजियाटाले ‘अल्ट्रा वाइफाइ सिमप्लस’ सेवा ल्याएको छ । चौथो पुस्ताको मोबाइल सेवा फोरजी÷लंग टर्म इभोलुसन (एलटीई) नेटवर्क विस्तार गरिएका सबै स्थानमा उपलब्ध हुने गरी यो सेवा ल्याएको कम्पनीले बताएको छ ।
घर तथा साना कार्यलयको प्रयोजनका लागि यो सेवा उपयुक्त हुने एनसेलको भनाइ छ । अल्ट्रा वाइफाइ सिमप्लस उपभोक्ताका लागि मासिक ४० जीबी डेटा भोलुम बन्डल सहितको एक विषेश सिम कार्ड हो । वाइफाइ सेवाका लागि बन्डल डेटाबाहेक ग्राहकले २ ओटा सिम पाउने छन् । आफ्नो नयाँ थिम ‘प्लस’अन्तर्गत कम्पनीले वायरलेस कनेक्टिभिटीको बढ्दो मागलाई सम्बोधन गर्न देशैभर विस्तार गरिएको फोरजी नेटवर्कमा रहेका उपभोक्ताकालाई लक्षित गर्दै यो सेवा ल्याएको हो । ग्राहकले यो सिम कार्डलाई आफ्नो मोबाइल ह्यान्डसेट अथवा कुनै पनि फोरजी सर्पोट गर्ने डिभाइस, मीफी डिभाइस वावायरलेस डिभाइसमा यो सिम राखी डेटा कनेक्टिभिटी र वाइफाइ हटस्पटको सेवा लिन सक्ने छन् ।
यो सेवाको शुल्क वार्षिक शुल्क योजनाअन्तर्गत करबाहेक मासिक रू. ४३० तोकेको छ । ग्राहकले अल्ट्रा वाइफाइ सिमप्लस सेवामा वायरलेस डेटा सेवाका लागि मासिक रूपमा ४० जीबी वायरफ्रीप्लस डेटा पाउँछन् । यसका साथै बन्डल प्याकेजका रूपमा प्रत्येक महीना ५ जीबी डेटा, ५० मिनेट अन नेट टक टाइम, प्रभु टिभी र दामी म्यूजिक डिजिटल सेवाहरू पाइने २ ओटा फोरजी सिम पाउने छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…