पुन्य तिथिमा खिर खादा पाल्पामा २९ जना बिरामी ।

पाल्पा । पाल्पामा खिर खाँदा २९ जना बिरामी भएका छन् । रामपुर नगरपालिका ७ का ओम बहादुर सुनारको निधन भएको १३ औं दिनको पुन्य तिथिमा आइतबार खिर खाएका आफन्त सहित मोहटी र कठान गाउँका २९ जना विरामी भएको रामपुर अस्पतालले जनाएको छ ।

आइतबारको भोजमा खिर खाएकाहरुमा सोमबार देखि समस्या देखिएपनि उनीहरु मंगलबार मात्रै अस्पताल आएका हुन् । रामपुर अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाका अनुसार मंगलबार रामपुर अस्पताल आएका २९ मध्ये १३ जनालाई थप उपचारका लागी तानसेन स्थित लुम्बिनी मेडिकल कलेज रेफर गरिएको र १६ जनाको रामपुर अस्पतालमै उपचार भैरहेको छ । विरामीमा टाउँको दुख्ने,ज्वोरो आउने,पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको छ । खिर संगै तरकारी र अचार खाँदा समस्या भएको बिरामीले जनाएका छन् ।

स्थानीय हिरा बिकका अनुसार भोजमा शय बढीको सहभागीता थियो । भात तरकारी र अचार खानेहरुमा समस्या नभएपनि खिर खानेमा समस्या देखिएको हो । जिल्ला प्रहरी कार्यालय, पाल्पाले घटनाको बारेमा अनुसन्धान भैरहेको जनाएको छ ।

Comments
Bishawas Acharya

Recent Posts

पत्रकार महासंघ झापा शाखाले २६ जना पत्रकारलाई पुरस्कार तथा सम्मान समर्पण

बिर्तामोड ।  बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…

54 years ago

नेपाली नयां वर्षमा अर्घाखाची समाज जापानले सांस्कृतिक सांझ कार्यक्रम गर्ने ।

टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…

54 years ago

भरुवा बन्दुक सहित ४ जना प्रहरीको नियन्त्रण

पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…

54 years ago

कालीगण्डकीमा निर्माणाधीन पुल

कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…

54 years ago

टोकियोमा ‘जिएमटी एप’ सार्बजनिक

टोकियो ।  जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…

54 years ago

लोक तथा दोहोरी गायक रामचन्द्र चन्द सर्वोत्कृष्ट लोक गायकको अर्वाड बाट  सम्मानित

काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…

54 years ago