भविन्द्र गौतम । आज विश्व रक्तदाता दिवस, रक्तदान गरौं जीवन बाँडौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाईयो । कोरोना संक्रमणका कारण गतबर्षमा जस्तै औपचारिक कार्यक्रम हुन सकेन । विभिन्न तथ्यांक हेर्दा नेपालमा दैनिक ७ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।
सम्बन्धित समाचार
युवा सामाजिक अभियानमा ,जाडोमा न्यानो अभियान संगै अस्पतालका बिरामीलाई रक्तदान सम्म ।
न्यानो बाँडौं खुसी साटौ अभियान – एनविआर द्वारा सहयोगको अपिल
सुरुवाती चरणमा केही युवाहरु जुटेर सुरु भएको यो अभियान अहिले स्वदेश तथा बिदेशमा समेत फैलिएको छ । नेपाली दाजुभाईहरु माझ मात्र नभई समाज र राष्ट्रको योगदानको निम्ति अगाडि बढीरहेको छ । ५ बर्षको यात्रा सम्म आईपुग्दा Nepalese Brothers Room (NBR) मा करिब ५० हजार बढी नेपाली दाजुभाईहरुको माया, ममता, स्नेह, प्रेरणा, उत्साह र एकता सगै दाजुभाईहरुको बलियो सम्बन्ध स्थापित भएको छ ।
रक्तदान जीवनदान भन्ने नारालाई अगाडी बढाउदा स्थापनाकाल देखि हालसम्म आईपुग्दा प्रकोप व्यवस्थापनमा थुप्रै कार्यहरु भएका छन । बिभिन्न सामाजिक कार्यहरु र रास्ट्रब्यापी रुपमा अभियान चलाई रहदा नेपालका विभिन्न जिल्लाहरुमा रहेका दाजुभाईहरु द्वारा करिब ७ हजार बढी रक्तदाताहरुले प्रत्यक्ष रुपमा अस्पतालमा गएर बिरामीहरुलाई रक्तादान गरिसकेका छन् । रगतको अभाबमा कसैको पनि उपचार नरोकियोस भनेर सबैको तथ्यांक बनाई काम गरिरहेको अभियन्ता युबराज दर्लामीले बताउँछन् ।
नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेका छन् । नेपालमा पुरुष रक्तदाता ८६ दशमलव १ र महिला १३ दशमलव ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । स्वस्थ्य ब्यक्तिले प्रत्येक ३/३ महिना रक्तदान गर्न मिल्ने स्वास्थ्य बिज्ञ बताउछन् । तर समाजमा सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतता जगाउन सकिएको छैन । जसले गर्दा दाताहरूको तथ्यांक न्यून रहेको छ । रगत जीवन र मृत्यु संग जोडिएको हुन्छ जीवन रक्षक रगत उपहार दिने NBR सदस्य रक्तदाताहरुलाई दीर्घजिवनको हार्दिक शुभकामना ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…