रक्तदानमा नेपालीज ब्रदर्स रुम NBR को भुमिका

भविन्द्र गौतम । आज विश्व रक्तदाता दिवस, रक्तदान गरौं जीवन बाँडौं भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाईयो । कोरोना संक्रमणका कारण गतबर्षमा जस्तै औपचारिक कार्यक्रम हुन सकेन । विभिन्न तथ्यांक हेर्दा नेपालमा दैनिक ७ सय युनिट होल ब्लड र १ सय युनिट रक्ततत्व आवश्यक पर्ने भएपनि नियमीत रक्तदान कार्यक्रम नहुँदा माग र आपूर्तिमा सन्तुलन आउन सकेको छैन ।

पछिल्लो समयमा सामाजिक संजाल फेशबुकलाई केहि युवा पिढीहरुले दुरुपयोग गर्दै आएको हामिले देखेका/भोगेका छौ । ती दुरुपयोग गर्नेहरुले अनावश्यक समय खर्चिरहेको अवस्था हाम्रो समाजमा छ । त्यस्ता समुहलाई चुनौती दिदै युवाहरुको एउटा समूह सामाजिक कार्ममा सक्रिय रुपले लागेको छ । फेसबुक मार्फत दाजुभाइमा भाईचाराको सम्बन्ध स्थापित गराउन सक्रिय समूह नेपालीज ब्रदर्स रुम (NBR) को स्थापना गरिएको थियो । देश तथा विदेशमा रहेका नेपाली दाजुभाईहरुलाई एकतृत गरी भाईचारा सम्बन्ध स्थापित संगै समाज र राष्ट्रको हितमा योगदान पुर्याउने, समाजमा हुने विसंगति साथै समाजमा उत्पन्न हुने विभिन्न समस्याहरुलाई समाधान गरि राष्ट्रलाई समुन्नत दिशा तर्फ अगाडी बढाउन समेत केहि सहयोग पुगोस भन्ने मुख्य उद्देश्यका पाँच बर्ष अगाडी सामाजिक संजाल फेशबुकमा NBR को परिकल्पना साथ सुरुवात गरिएको थियो । यो समूह पछिल्लो समयमा रक्तदान सेवामा सक्रिय छ । ” NBR आज आम नेपाली दाजुभाईहरु माझ मात्र नभई पूर्ण राष्ट्रको योगदानको निम्ति अगाडि बढीरहेको छ, ५ बर्षको यात्रा सम्म आईपुग्दा यस Nepalese Brothers Room (NBR) मा करिब ५० हजार बढी नेपाली दाजुभाईहरुको माया, ममता, स्नेह, प्रेरणा, उत्साह, एकता सगै दाजुभाईहरुको बलियो सम्बन्ध स्थापित भएको छ” सस्थापक मध्येका एक युवा चुरामणी पोखरेल बताउनुहुन्छ । अर्का अभियन्ता मुकुन्द पौडेल भन्नुहुन्छ “नेपालका अधिकाशं जिल्लाहरुका अस्पताल वा स्थानमा बिरामीहरुका लागी तत्काल आवश्यक परेको समयमा बिभिन्न समूहका रगत NBR स्थापना काल देखि हाल सम्म रेकर्डको अनुसार ६ हजार ९ सय २ जना बिरामीहरुका लाागी ७ हजार १ सय ४२ जनाले आकस्मिक रक्तदान गर्नु भएको छ रक्तदान गर्नु हुने सम्पूर्णलाई NBR परिवार हार्दिक आभार ब्यक्त गर्दछौ” । सामाजिक सेवाहरु सगै रक्त दान सेवाहरु गर्दै छौ । “हामी टुटेर होईन् जुटेर, Together We Can को अभिप्रायले अगाडि बढीरहेका छौ अहिलेसम्म बिभिन्न सामाजिक कार्यहरु रास्ट्रब्यापी रुपमा अभियान चलाइरहेका छौ ।” अर्का अभियन्ता बिक्रम कुवर बताउछन ।

सम्बन्धित समाचार  

युवा सामाजिक अभियानमा ,जाडोमा न्यानो अभियान संगै अस्पतालका बिरामीलाई रक्तदान सम्म ।

न्यानो बाँडौं खुसी साटौ अभियान – एनविआर द्वारा सहयोगको अपिल

सुरुवाती चरणमा केही युवाहरु जुटेर सुरु भएको यो अभियान अहिले स्वदेश तथा बिदेशमा समेत फैलिएको छ । नेपाली दाजुभाईहरु माझ मात्र नभई समाज र राष्ट्रको योगदानको निम्ति अगाडि बढीरहेको छ । ५ बर्षको यात्रा सम्म आईपुग्दा Nepalese Brothers Room (NBR) मा करिब ५० हजार बढी नेपाली दाजुभाईहरुको माया, ममता, स्नेह, प्रेरणा, उत्साह र एकता सगै दाजुभाईहरुको बलियो सम्बन्ध स्थापित भएको छ ।


रक्तदान जीवनदान भन्ने नारालाई अगाडी बढाउदा स्थापनाकाल देखि हालसम्म आईपुग्दा प्रकोप व्यवस्थापनमा थुप्रै कार्यहरु भएका छन । बिभिन्न सामाजिक कार्यहरु र रास्ट्रब्यापी रुपमा अभियान चलाई रहदा नेपालका विभिन्न जिल्लाहरुमा रहेका दाजुभाईहरु द्वारा करिब ७ हजार बढी रक्तदाताहरुले प्रत्यक्ष रुपमा अस्पतालमा गएर बिरामीहरुलाई रक्तादान गरिसकेका छन् । रगतको अभाबमा कसैको पनि उपचार नरोकियोस भनेर सबैको तथ्यांक बनाई काम गरिरहेको अभियन्ता युबराज दर्लामीले बताउँछन् ।
नेपालमा १ हजार जनामा ४ जनाले मात्रै रक्तदान गर्ने गरेका छन् । नेपालमा पुरुष रक्तदाता ८६ दशमलव १ र महिला १३ दशमलव ९ प्रतिशत रहेका एक तथ्यांकले देखाएको छ । स्वस्थ्य ब्यक्तिले प्रत्येक ३/३ महिना रक्तदान गर्न मिल्ने स्वास्थ्य बिज्ञ बताउछन् । तर समाजमा सुरक्षित रगत र रक्ततत्वको आवश्यकता प्रति सचेतता जगाउन सकिएको छैन । जसले गर्दा दाताहरूको तथ्यांक न्यून रहेको छ । रगत जीवन र मृत्यु संग जोडिएको हुन्छ जीवन रक्षक रगत उपहार दिने NBR सदस्य रक्तदाताहरुलाई दीर्घजिवनको हार्दिक शुभकामना ।

bhabindra gautam

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

55 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

55 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

55 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

55 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

55 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

55 years ago