चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर

काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको काभ्रेपलाञ्चोकमा एक साताअघिआयोजित दुई पार्टी प्रवेश कार्यक्रममा  चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् दुवै कार्यक्रममा नेकपामानवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गर्नुभएको थियो

गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल बनेपामा दुई कार्यक्रम भएका थिए धुलिखेलको कार्यक्रममा ७५ बनेपाकोकार्यक्रममा ७०  नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्

दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका१० निवासी ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाकाकेन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका निवासी  जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाकाकेन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घकाजिल्लाध्यक्ष भनिएकी सम्झना परियार,  पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका जनवर्गीय सङ्गठनका  नेताकार्यकर्ता थिए

कान्छा तामाङका अनुसार चन्द समूहका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको जनवर्गीय सङ्गठनसहितकरिब १०० को हाराहारीमा नेताकार्यकर्ता  छन् उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया थालिएको उहाँले जानकारीदिनुभयो पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले हालकोक्रान्तिबेअर्थ लागेर सबै जिल्लाबाट नेताकार्यकर्तानेकपामा प्रवेश गरिरहेकाले चन्दलाई पनि नेकपामा समाहित हुन आग्रहसमेत गर्दै आउनुभएको

नेकपाका काभ्रेपलाञ्चोक इञ्चार्ज बाँस्कोटा केही महिनायता विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउन सक्रियहुनुभएको बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाईकाभ्रेपलाञ्चोकमा अभियानकै रुपमा सञ्चालन गर्दै आउनुभएको उहाँको पार्टी प्रवेश गराउने श्रृङ्खला गत साउन महिनादेखि शुरुभएको हो

नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराउनुभयो उहाँले गत असोज गते पनौतीमै कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने २५नेताकार्यकर्तालाई सदस्यता प्रदान गर्नुभएको थियो

बाँस्कोटाले गत असोज २६ गते आफ्नै गृहनगर मण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका नगरस्तरीय नेताकार्यकर्तालाई नेकपामाप्रवेश गराउनुभयो यसलगत्तै बाँस्कोटाकै सक्रियतामा कात्तिक गते पनौती नगरका  कांग्रेसका ४१ नेताकार्यकर्ता नेकपामा प्रवेश गरे

सरकारकोसमृद्ध नेपाल सुखी नेपालीको महाभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेशगराएको प्रतिनिधिसभा सदस्य बाँस्कोटाले बताउनुभयो पार्टी प्रवेश गराउने काममा निरन्तर लाग्नेछु केही नेताकार्यकर्ता  विकासक्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेका हुन्”, उहाँले जिकिर गर्नुभयो उहाँको सक्रियतामाहालसम्म दोस्रो ठूलो दल कांग्रेसलगायत विभिन्न दलबाट ४०० भन्दा बढी नेकपामा प्रवेश गरिसकेका छन् बाँस्कोटाका अनुसारअभियानकैरुपमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रम आयोजना हुनेछन्

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago