चन्द’का नेताकार्यकर्ता नेकपामा प्रवेशको लहर

काभ्रेपलाञ्चोक। नेत्रविक्रम चन्द नेतृत्वका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेशको लहर चलेको काभ्रेपलाञ्चोकमा एक साताअघिआयोजित दुई पार्टी प्रवेश कार्यक्रममा  चन्दका १४५ नेताकार्यकर्ता नेकपामा प्रवेश गरिसकेका छन् दुवै कार्यक्रममा नेकपामानवप्रवेशीलाई नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाले स्वागत गर्नुभएको थियो

गत साता दुई दिनका फरकमा सदरमुकाम धुलिखेल बनेपामा दुई कार्यक्रम भएका थिए धुलिखेलको कार्यक्रममा ७५ बनेपाकोकार्यक्रममा ७०  नेताकार्यकर्ता नेकपामा प्रवेश गरेका हुन्

दुई कार्यक्रमका नवप्रवेशीमा धुलिखेल नगरपालिका१० निवासी ताम्सालिङ विशेष ब्युरो सदस्य तथा तामाङ राष्ट्रिय मुक्तिमोर्चाकाकेन्द्रीय अध्यक्ष भनिएका कान्छा तामाङ, खानीखोला गाउँपालिका निवासी  जिल्ला सचिवालय सदस्य, दलित मुक्ति मोर्चाकाकेन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष भनिएका रमेश नेपाली, जिल्ला सदस्य तथा अखिल नेपाल महिला क्रान्तिकारी सङ्घकाजिल्लाध्यक्ष भनिएकी सम्झना परियार,  पूर्वी ब्युरो सदस्य भनिएका रामकुमार तामाङलगायत पार्टीका जनवर्गीय सङ्गठनका  नेताकार्यकर्ता थिए

कान्छा तामाङका अनुसार चन्द समूहका काभ्रेपलाञ्चोक जिल्ला कमिटीमा हाल १४ मात्रै सदस्य रहेको जनवर्गीय सङ्गठनसहितकरिब १०० को हाराहारीमा नेताकार्यकर्ता  छन् उनीहरुमध्ये केहीलाई नेकपामा प्रवेश गराउने प्रक्रिया थालिएको उहाँले जानकारीदिनुभयो पार्टी प्रवेश कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य बाँस्कोटाले हालकोक्रान्तिबेअर्थ लागेर सबै जिल्लाबाट नेताकार्यकर्तानेकपामा प्रवेश गरिरहेकाले चन्दलाई पनि नेकपामा समाहित हुन आग्रहसमेत गर्दै आउनुभएको

नेकपाका काभ्रेपलाञ्चोक इञ्चार्ज बाँस्कोटा केही महिनायता विभिन्न पार्टीका नेता कार्यकर्तालाई नेकपामा प्रवेश गराउन सक्रियहुनुभएको बाँस्कोटाले सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएको केही महिनापछि पार्टी प्रवेश कार्यक्रमलाईकाभ्रेपलाञ्चोकमा अभियानकै रुपमा सञ्चालन गर्दै आउनुभएको उहाँको पार्टी प्रवेश गराउने श्रृङ्खला गत साउन महिनादेखि शुरुभएको हो

नेकपा केन्द्रीय सदस्य बाँस्कोटाले गत साउनमा पनौती नगरस्थित बल्थलीमा नेपाली काँग्रेसलगायत विभिन्न पार्टीमा आबद्ध १२४नेताकार्यकर्तालाई नेकपामा प्रवेश गराउनुभयो उहाँले गत असोज गते पनौतीमै कांग्रेस पार्टी परित्याग गरी नेकपामा प्रवेश गर्ने २५नेताकार्यकर्तालाई सदस्यता प्रदान गर्नुभएको थियो

बाँस्कोटाले गत असोज २६ गते आफ्नै गृहनगर मण्डनदेउपुरका ३५ भन्दा बढी विभिन्न पार्टीका नगरस्तरीय नेताकार्यकर्तालाई नेकपामाप्रवेश गराउनुभयो यसलगत्तै बाँस्कोटाकै सक्रियतामा कात्तिक गते पनौती नगरका  कांग्रेसका ४१ नेताकार्यकर्ता नेकपामा प्रवेश गरे

सरकारकोसमृद्ध नेपाल सुखी नेपालीको महाभियानको जिम्मेवारी बोकेको पार्टीमा पछिल्लो समय आस्था राख्नेलाई नेकपामा प्रवेशगराएको प्रतिनिधिसभा सदस्य बाँस्कोटाले बताउनुभयो पार्टी प्रवेश गराउने काममा निरन्तर लाग्नेछु केही नेताकार्यकर्ता  विकासक्रान्ति देखेर, केही मुलुक समृद्ध बनाउने नेकपाको जिम्मेवारी देखेर प्रवेश गरेका हुन्”, उहाँले जिकिर गर्नुभयो उहाँको सक्रियतामाहालसम्म दोस्रो ठूलो दल कांग्रेसलगायत विभिन्न दलबाट ४०० भन्दा बढी नेकपामा प्रवेश गरिसकेका छन् बाँस्कोटाका अनुसारअभियानकैरुपमा काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमा क्रमशः पार्टी प्रवेश कार्यक्रम आयोजना हुनेछन्

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago