सन्तोष गहतराज,पाल्पा । पाल्पाको तानसेन नगरपालिका वडा न ७ स्थित लामीडाडाको पोम बहादुर बिश्वकर्माको परिवारलाईसञ्चार कर्मी एवम शिक्षक कला दाहाल र बैदेशिक रोजगारीमा रहनु भएका सुन्दर नेपालले विश्व कर्माको परिवारलाई खाधान्न सहगोगगर्नु भएको छ । नाताले श्रीमान र श्रीमती रहनु भएका उहाहरूले विश्व कर्माको परिवारलाई केही राहत होस भनी अत्यावश्यक सामाग्रीहरूहस्तान्तरण गर्नु भएको हो ।
सञ्चार क्षेत्र एवम पाल्पाको सेन्ट कपित्यानियो स्कुलमा शिक्षण पेसा गर्दै आउनु भएकी दाहाल र बैदेशिकरोजगारीमा रहनु भएका नेपालले आफुहरुले कमाएको केही भाग सामाजिक कार्यमा पनि छुट्याउनु पर्छ भनी सहयोग स्वरूपअत्यावश्यक बस्तुहरू हस्तान्तरण गरेको बताउनु भयो । दाहालले अहिले आफुहरु तीन जना साथी मिलेर उई केयर चाइल्डले नाम सस्थासञ्चालन गरेको बताउदै सस्थामा आफुहरुले डोनेशनको रूपमा पैसा संकलन गरिरहेको र सो सस्थाबाट पहिलो पटक उहाको छाेरीसुस्मिता विश्वकर्माको सम्पूर्ण एक बर्ष भरि शैक्षिक खर्च सस्थाले व्याहोर्ने गरि निशुल्क पढ्ने व्यवस्था मिलाउने पनि बताउनु भयो ।आफुहरु पिडामा परेको बेला कला दाहाल उहाको श्रीमानले गरेको सहयोग प्रती आभारी रहेको पोम बहादुर विश्व कर्माले बताउनु भयो। त्यस्तै श्रीमती पुर्ण कुमारी विश्वकर्माले सहगोगको लागि धन्यवाद दिदै आगामी दिनहरू सहयोगको अपेक्षा गर्नु भयो । साथै अरूलेपनि सहयोग गर्ने प्रतिबद्वता पनि व्यक्त गरेको बताउनु भयो ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…