माथागढी गाउपालिकामा कोभिड-१९ अस्थायी अस्पताल बाट सेवा सुरु ।

सन्तोष गहतराज , पाल्पा । क्षेत्रफलको हिसाबमा पाल्पा जिल्लाको सबैभन्दा ठुलो गाउँपालिका माथागढी गाउँपालिकाले पालिकाका स्थानीय नागरिकहरूको सुविधालाई मध्ये नजर गरि कोरोना( कोभिड-१९) अस्थायी अस्पताल संचालनमा आएको छ।

विश्वभरीमा महामारी रूपमा फैलि रहेको कोराना भाइरस संक्रमणको कारण अहिले समुदाय स्तरमा समेत व्यापक रूपमा फैलिरहेको समयमा जिल्लाको माथागढी गाउँपालिका भौगोलिक हिसाबले धेरै जसो स्थान ग्रामीण इलाकामा परेकोले अस्पतालसम्म पुग्ने समय अधिक लाग्ने र अस्पतालमा पनि अधिकांश वेड प्रयोगमा रहेकोले गाउँपालिकाले गाउँपालिकामा नै अस्थायी कोभिड-१९ अस्पताल संचालन गरेको जानकारी माथागढी गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अध्यक्ष सन्तोष थापा मगरले मानवको सबै भन्दा ठुलो सम्पति भनेको मानव स्वास्थ्य भएकोले पहिलो प्राथमिकता विकास निर्माणका कार्य भन्दा कोरोनाको जोखिम न्यूनीकरण गरि मानव स्वास्थ्यको जीवनस्तरमा सुधार ल्याउनु रहेकोले आफूहरूको मुख्य ध्यान कोरोनाले मानव स्वास्थ्यमा पार्ने असरलाई न्यूनीकरण गर्नमा निरन्तर रहने र गाउँपालिकाका जनताहरुलाई आफ्नै गाउँपालिका भित्र कोरोनासँग सम्बन्धित स्वास्थ्य सुविधा र उपचार गर्ने रहेको अध्यक्ष सन्तोष थापाले बताउन भयो । उहाले गोर्खाली भ्वाइसको कुराकानी माथागढि गाउँपालिका जिल्ला कै सबैभन्दा ठुलो गाउँपालिका रहेको र भौगोलीक हिसाब धेरै जसो मानिसहरू ग्रामीण भेगमा बसोबास गर्ने भएकोले उनिहरूको सुविधालाई मध्ये नजर गरि अस्थायी अस्पताल सञ्चालन गरिएको बताउनु भयो ।

थापा भन्नुहुन्छ- अस्पताल संचालनमा आइसकेको छ, बाँकी व्यवस्थापन कार्यहरू पनि स्वास्थ्यकर्मीहरुसँगको आवश्यक अन्तरक्रियासँगै पूर्ती गर्दै लैजा।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago