पाल्पा । पहिलो पटक तानसेनमा समुदायका व्यक्तिमा कोरोना संक्रमण देखिएकाे छ । घरमै बसेकी एक महिलामा कोरोना संक्रमण देखिएको हो । तानसेन ४ विशालबजारमा रहेकाे घरमै बसेकी ४० वर्षिया महिलामा सङ्क्रमण देखिएकाे जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
समुदायमा नै कोरोना संक्रमण देखिएपछी जिल्ला प्रशासन कार्यालय पाल्पाले तानसेन नगरपालिका वडा नम्बर ४ को बिशालबजार क्षेत्रमा सिल गरेको छ । बुधबार राती ८ बजे देखि अर्को निर्देशन नहुदा सम्म तानसेनको गौरीशंकर होटल, हुलाकमोड, पेट्रोलपम्प र टक्सार माछा पसल सम्मको बिशालबजार वरिपरिको क्षेत्रमा सिल गरिएको छ ।
सङक्रमित महिला लुम्विनी मेडिकल कलेजमा श्रीमान सहित आफन्तको उपचारका लागि पुगेको र शंका लागेपछि परीक्षण गरिएकाे थियो । बुधबार पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा बिहीबार रिपोर्ट पोजेटिभ आएको हो । उनीसँगै गएका श्रीमानको भने रिपोर्ट नेगेटिभ आएको छ । समुदायस्तरमै कोरोना देखिएपछि तानसेनमा त्रास फैलिएको छ । विहिबार थपिएकी संक्रमितसँगै तानसेनमा कुल संक्रमितको संख्या १५ पुगेको छ ।
जिल्लामा संक्रमितको संख्या ५ सय ६३ पुगेको हो । ५ सय ६० जना उपचार पछी डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको थियो ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…