पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका – ३ पैठेडाडामा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सडक देखि माथिबाट सुख्खा पहिरो सहित ठुलो ढुङ्गा खसेकाले सडक पूर्ण रुपमा अवरोध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सोमबार साढे ५ बजे तिर पहिरो खसेको थियो । पहिरोमा ठुलो ढुङ्गा भएकाले जेसिबीले हटाउन सम्भव नभएको हुुँदा सडक डिभिजन संग समन्वय गरी ब्रेकर ल्याई बुटवल साईडबाट ढुङगा फुटाली पहिरो हटाउने काम सुरु भएको थियो ।
रातीको समय भएकाले खतरा हुने हुँदा पहिरो हटाउने काम रोकीएको प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार मंगलबार बिहानै पुन: काम सुरु हुनेछ । बाटो अबरुद्ध भएपछी सवारी साधनहरु दोभान, भुतखोलातर्फ नै रोकिएको छ । रुपन्देहीतर्फबाट आएका सवारी साधन सिद्धबाबामै रोकिएका छन् ।
पाल्पाको सिद्धबाबा क्षेत्रमा सधैं पहिरोका कारण यात्रा गर्न जोखिम बनेको छ ।
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…
सुनसरी — सुनसरी क्षेत्र नम्बर–१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) प्रतिनिधिसभा…