नेपाल रेडक्रस सोसाइटी पाल्पाको स्वर्णमहोत्सव

पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाको स्वर्णमहोत्सव शानिवार सम्पन्न भएको छ । जिल्ला शाखा पाल्पा, स्थापनाको पचासौं वर्षलाई स्वर्ण महोत्सवको रूपमा मनाएको हो। शाखाको भवनमा संक्षिप्त समारोहको आयोजना गरी स्वर्ण महोत्सव लोगो अनावरण र स्मारिका विमोचन गरिएको छ ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले निस्वार्थ सेवाभावले अग्रसर रहनुपर्ने रेडक्रसको मर्मलाई आत्मसात गर्दै रेडक्रस अभियन्ताहरूले अगाडि सार्ने सेवा अभियानमा तानसेन नगरपालिकाको सदैव साथ रहने विश्वास व्यक्त गर्नुभयो । ‘रेडक्रस जस्तो महान् संस्था महामारीको समयमा पनि आफ्नो क्षमताले भ्याएसम्म जनपक्षिय काममा अग्रसर भएकोमा प्रसंशा व्यक्त गर्दछु ।’ नगरप्रमुख शाहीले भन्नुभयो, ‘अहिले कोभिडको कारण अन्य क्षेत्रमा जस्तै पर्यटन उद्योगलाई समेत प्रभाव पारकोले कोभिडपश्चात नगरबासीमा पर्न सक्ने आर्थिक असरलाई कम गर्ने मान्यताका साथ तानसेन नगरपालिका अगाडि बढेको छ ।’ शाहीले दैवी विपत्ती प्रतिकार, विपदमा मानवीय सहायता लगायतका सामाजिक गतिविधिमा नगरपालिका रेडक्रससँग सधैं सहकार्य गर्न तत्पर रहेको बताउनुभयो ।

रेडक्रस पाल्पा २०२७ मंसिर २७ मा स्थापना भएको हो । स्थापनासँगै रेडक्रस मानवीय सहायतामा लागेको र अहिले ५० औं वर्षसम्म निरन्तर मानवीय सेवामै सक्रिय हुनु रेडक्रस पाल्पाको आफैमा गौरवपूर्ण इतिहास भएको सभापति बुद्धिप्रसाद शर्माले बताउनुभयो । उहाँले पाल्पा शाखाको स्वर्ण महोत्सवलाई कोशे ढुंगाको रूपमा लिएको धारणा राख्नुभयो । सोही अवसरमा उहाँले रेडक्रसका गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शाखाका सल्लाहकार वरिष्ठ पत्रकार मेघराज शर्मा, मणिमुकुन्द उपशाखा उपसभापति सकुन्तला बज्राचार्य, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले शुभकामना मन्तव्य राख्दै विपद् र संकटका बेला समुदायमा निर्भिकतापूर्वक आफ्नो उपस्थिति देखाउन रेडक्रकर्मीलाई आग्रह गर्नुभयो ।

शाखा सभापति बुद्धिप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम कोषाध्यक्ष भिमसेन कार्कीको स्वागत, उपसभापति कृष्णराज शर्माको धन्यवाद ज्ञापन र मन्त्री केशव पौडेलको सञ्चालनमा भएको थियो । कार्यक्रममा सल्लाहकार, पूर्व अध्यक्ष, उपशाखा, युवा रेडक्रस सर्कलका पदाधिकारी, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

bhabindra gautam

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago