पृथ्वी प्रकाश मा विको ४ कोठे भवन सिलन्यास ।

पाल्पा । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा न ४ स्थित पृथ्वी प्रकाश मा वि सत्यवतीको ४ कोठे विद्यालय भवन सिलन्यास गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले गर्नु भएको छ ।

पुर्न निर्माण प्राधिकरण केन्द्रिय आयोजनाबाट विनियोजन भएको ७० लाख बजेटबाट उक्त भवन निर्माण हुन लागेको हो र शौचालय को लागि १५ लाखको योजना रहेको साथै शैक्षिक फर्निचरको लागि अर्को १० लाख रकम प्रदेश सरकारबाट बिनियोजन भएको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले बताउनु भयो । उक्त विधालयमा यस बर्षबाट कक्षा ११ संचालन शुरू भएको करिब ४ सय विद्यार्थी सख्या रहेको छ । तिनाउ गाउँपालिका भित्र पुर्न निर्माण प्राविधिकरणबाट १७ वटा र शिक्षा विभाग तथा प्रदेश र स्थानीय सरकारबाट ११ वटा गरि गत बर्ष देखि हाल सम्म २८ वटा विद्यालय भवनकाे याेजना परेकोमा धेरै जति निर्माण सम्पन्न भइसकेको र केही निर्माण हुने क्रममा रहेको अध्यक्ष घर्ती मगरले बताउनु भयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाले भवनको निर्माण लागि पुर्न निर्माण प्राधिकरण क्रेन्दिय आयोजना लाई गाउँपालिकाले पहल गरि उक्त भवन निर्माणको लागि बजेट पार्न सफल भएको बताउदै उक्त भवनको निर्माण कार्य समयमा नै सम्पन्न गर्न शुभकामना दिनु भयाे । कार्यक्रम समाजसेवी एवम बुद्धिजीवी चक्रव्युउ थापाले यस विधालयमा अब कक्षा ११ र १२ सम्मको पढाइ सञ्चालन हुने भए पछि वडा न ४ का विद्यार्थीहरूलाई धेरै राहत पुग्ने बताउदै अहिले तिनाउ गाउँपालिकामा पुर्न निर्माण प्राधिकरणबाट १७ वटा भवनकाे लागि बजेट बिनियाेजन भएको बताउनु भयाे । साथै ती निर्माण हुदै गरेको विद्यालयका भवनहरू समयमा नै काम सम्पन्न गर्न शुभकामना दिनु भयाे । कार्यक्रम वडा न ४ का वडा अध्यक्ष दान बहादुर गाहा,वडाका जनप्रतिनिधिहरू,विद्यालयका शिक्षक शिक्षिकाहरूकाे उपस्थिति रहेकोमा थियाे । कार्यक्रम विधालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर अाले र विद्यालयकि प्र अ भिमिसरा सुनारी सञ्चालनमा सम्पन्न भएको थियाे ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago