नेपालले ओली–प्रचण्डको प्रस्तावमा बेग्लै बुँदागत लिखित सुझाब प्रस्तुत ।

काठमाडौं ।  नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार पुनर्गठन र सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन, राजनीतिक नियुक्ति तथा पार्टी र सरकारबीचको अन्तरसम्बन्धलगायत विषयमा लिखित रूपमै अलग सुझाब राखेका छन् । अध्यक्ष ओली र प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव अधुरो र अमूर्त रहेको भन्दै नेपालले सच्याउन माग गर्दै बेग्लै बुँदागत लिखित सुझाब बैठकमा प्रस्तुत गरेका हुन् ।

उनले स्पष्ट र पारदर्शी मापदण्ड निर्माण गरी पार्टीभित्र र मुलुकको समेत सन्तुलनलाई मिलाएर नेताहरूबीचको समझदारीमा सरकार निर्माण गर्नुपर्ने, सरकारमा वा राजनीतिक नियुक्तिमा पठाउने व्यक्तिहरूको निर्णय पार्टीको सम्बन्धित जिम्मेवार निकायबाट गरिनुपर्ने सुझाब राखेका छन् ।

त्यस्तै, पार्टीले सरकार सञ्चालन गर्ने गरी पार्टी नीतिअनुरूप घोषणापत्रका लक्ष्य हासिल गर्ने गरी सरकारले काम गर्नुपर्ने, दीर्घकालीन महत्वका विषय पार्टी छलफल र विज्ञहरूको रायका आधारमा गर्नुपर्ने, भ्रष्टाचारका प्रत्येक मुद्दामा सरकार र पार्टी दुवै संवेदनशील हुनुपर्ने, नेता–कार्यकर्ताको जीवनशैली सादगीपूर्ण र पारदर्शी हुनुपर्ने सुझाब पनि राखेका छन् ।

भ्रष्टाचारलगायत उजुरीको पार्टी तथा राज्यका सम्बन्धित अंगबाट तत्काल निष्पक्ष छानबिन गरेर दोषीमाथि कडा कारबाही गर्नुपर्ने, सुशासनका बाधक विषयहरूलाई ऐन–कानुन संशोधन गरेरै भए पनि हटाउनुपर्ने, जनउत्तरदायी र पारदर्शी शैली अपनाउनका लागि तदनुरूप प्रशासनलगायत सबैलाई परिचालित गर्नुपर्ने धारणा पनि राखेका छन् । सेटिङ प्रणालीको अन्त्य गरेर, दलाल पुँजीपति र बिचौलियाको स्वार्थपूर्तिको माध्यम बन्नु नहुनेमा पनि उनले जोड दिएका छन् । 

निश्चित मापदण्का आधारमा राजनीतिक नियुक्ति, नियुक्त हुने व्यक्तिको आचरण, व्यवहार, आस्था र सन्तुलनसमेतलाई विचार गर्नुपर्ने, कुनै पनि सहकर्मी तथा कार्यकर्तालाई घोचपेच, खिसिट्युरी, अपमान तथा सार्वजनिक बेइज्जत गर्न नहुने सुझाब पनि राखेका छन् । पार्टीभित्र समकक्षी नेताको खिसिट्युरी गरेर अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै उनले त्यस्तो काम बन्द गर्नुपर्नेमा जोड दिएका छन् ।

‘समकक्षी नेताबारे भेट्न जाने अरूसँग खिसिट्युरी गर्ने र उडाउने काम गर्नुहुँदैन, एउटालाई प्रयोग गरेर अर्कोलाई देखाइदिने वा समाप्त गर्ने सोचाइ गलत हो, त्यस्तो काम गर्नुहुँदैन, स्वयं व्यक्तिको अगाडि स्वस्थ आलोचना गर्नु भनेको सुधारका लागि हो, यसले हार्दिकतामा असर पार्नुहुँदैन,’ नेपालको सुझाबमा भनिएको छ ।

त्यस्तै, सम्बन्धित तहका उच्च नेतृत्वको अनौपचारिक चुस्त टिम बनाएर सरकारको कामलाई प्रभावकारी बनाउने, पार्टीको स्वामित्व स्थापित गर्ने र गरेका कामलाई जनस्तरसम्म प्रचार गर्नुपर्नेमा कुरालाई पनि नेपालले लिखित सुझाबमा समेटेका छन् ।

त्यस्तै, पार्टी सचिवालय र स्थायी कमिटीको निर्देशन र सर्कुलरअनुरूप साबिक कमिटीका सिनियरलाई राखेर एकीकृत कमिटी निर्माण गर्नुपर्ने र अधिवेशनमा निश्चित विधि बनाएर प्रतिस्पर्धा हुने वातावरण निर्माण गरी योग्य र नयाँलाई पनि पार्टीमा जिम्मेवारी दिने कुराको सुनिश्चितता गरिनुपर्ने, पार्टी विधानको धारा ४६ क अनुसार एक व्यक्ति : एक प्रमुख जिम्मेवारीको व्यवस्थालाई कडाइका साथ लागू गर्नुपर्नेमा पनि नेपालले माग गरेका छन् । पार्टीभित्र झ्यांगिएको गैरसर्वहारा एवं गैरकम्युनिस्ट प्रवृत्ति र चरित्रका विरुद्ध व्यापक शुद्धीकरण अभियान र वैचारिक सैद्धान्तिक प्रशिक्षण अभियान चलाउनुपर्ने पनि नेपालले प्रस्ताव गरेका छन् ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago