म्याग्दीका बाढीपहिरो पीडितलाई अमेरिकाको न्यूयोर्कमा बसोबास गर्ने म्याग्देलीले करिब रु साढे ३४ लाख सहयोग गरेका छन् ।
म्याग्दी समाज न्यूयोर्क अमेरिकाले त्यहाँ रहेका म्याग्देलीबाट सहयोग सङ्कलन गरी जिल्लाभरका बाढीपहिरो पीडितलाई रु ३४लाख ४५ हजार सहयोग प्रदान गरेको हो । गत असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी, मालिका, मङ्गला र अन्नपूर्णगाउँपालिकामा बाढीपहिरोमा ज्यान गुमाएकाको परिवार, घाइते, सुत्केरी र पूर्णरुपमा विस्थापित भएकालाई म्याग्दी समाज न्यूयोर्कलेस्थानीय तहका जनप्रतिनिधिमार्फत उनीहरुको हातहातमै आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।
स्थानीय तह र प्रहरीले उपलब्ध गराएको विवरणका आधारमा समाजले धवलागिरीमा मृतकका परिवार, घाइते र चार जनासुत्केरीलाई रु २ लाख ८० हजार तथा पूर्णरुपमा क्षति भएका ४४ घरपरिवारलाई रु ११ लाख सहयोग गरेको छ । त्यस्तै मालिकागाउँपालिकामा मृतकका परिवार र घाइतेलाई रु ७० हजार तथा पूर्णरुपमा क्षति भएका ५३ घरधुरीलाई रु १३ लाख २५ हजार, मङ्गलागाउँपालिकामा १५ घरधुरीलाई रु ३ लाख ७५ हजार, रघुगङ्गा गाउँपालिकामा मृतकका ३ जना परिवारलाई रु ३० हजार तथा उत्तरीम्याग्दीको अन्नपूर्ण गाउँपालिकाका दुई जना मृतकका परिवार र एक जना घाइतेलाई रु ३० हजार एंव पूर्ण क्षति भई विस्थापित भएका१९ परिवारलाई रु दुई लाख ३५ हजार सहयोग गरिएको म्याग्दी समाज न्यूयोर्कका प्रतिनिधि पूर्णबहादुर पुनले बताउनुभयो ।
पूर्णरुपमा विस्थापित भएका प्रतिघरधुरीलाई रु २५ हजार, प्रतिमृतक परिवारलाई रु १० हजार, प्रतिघाइते व्यक्तिलाई रु १० हजारर प्रति सुत्केरी महिलालाई रु १० हजारको दरले सहयोग गरिएको उहाँको भनाइ छ । त्यस्तै एकै परिवारमा दुई जनाले ज्यानगुमाएकालाई रु १५ हजार, तीन जनालाई रु २० हजार र चार जनालाई रु २५ हजार नगद सहयोग गरिएको बताइएको छ ।
सहयोग हस्तान्तरण कार्यक्रममा सम्बन्धित गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र वडाध्यक्षलगायत स्थानीय जनप्रतिनिधिकोसहभागिता थियो ।
बिर्तामोड । बिर्तामोडस्थित अतिथी सदनमा नेपाल पत्रकार महासंघ झापा शाखाले २६ जना झापाली पत्रकारलाईपुरस्कार तथा…
टोकियो ।आंउदै गरेको नेपाली नयां वर्ष २०८१ सालको अवसरमा अर्घाखाँची समाज जापानले सांस्कृतिक सांझ गर्ने भएको…
पाल्पा । भरुवा बन्दुक सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । चैत्र १२ गते…
कालीगण्डकीमा निर्माणाधीन पुल: स्याङ्जाको चापाकोट नगरपालिका १० र पाल्पाको रामपुर नगरपालिका १० जोड्नका लागि कालीगण्डकी…
टोकियो । जापानको नेपाली समुदायबीच चिरपरिचित मिडिया कम्पनी जिएमटी इन्टरनेशनलले नयाँ एप सार्बजनिक गरेको छ…
काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दले सर्वोत्कृष्ट विन्दवासिनी म्युजिक अवार्ड प्राप्त गरेका छन्…