पाल्पा । सोमबार पटक – पटक गरी २४ जना कोरोना संक्रमित भेटिएपछी नेपालमा कोरोना संक्रमित (कोभिड – १९) का पुष्टी भएकाहरूको संख्या १३४ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंको प्रयोगशालामा गरिएको परिक्षणमा थप १३ जनामा कोरोना पुष्टी भएसङ्गै कुल सन्क्रमित को संख्या १३४ पुगेको हो । कपिलवस्तुका १६, रुपन्देहीका ६, बर्दियाका १ र सप्तरीका १ जना सहित २४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । उनका अनुसार संक्रमण भएका सबैजनाको स्वास्थ अवस्था सामान्य रहेको छ ।
पछिल्लो समयमा कपिलवस्तु जिल्लामा कोरोनाको संक्रमण बढ्दै गएपछी जिल्लालाइ सिल गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकबाट जेष्ठ ५ गते सम्मको लागी जिल्लाका सबैनाका सिल गरिएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तु र रुपन्देहीमा समेत कोरोना संक्रमण बढेसङ्गै यस क्षेत्रमा त्रास बढेको छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…