मित्रलाल सापकोटा
बिर्सेका छैनन जनताले
तिमी काठमाण्डाैंका सडकमा
ताण्डव नाच नाच्दै,
रेलिंग भाँच्दै
टायरहरू बालेर बुङ्ङ बनाएकाे
बाटाे र भित्ताहरूमा इनामेल खनाएकाे
क्रान्तिका जाेसिला भाषणहरू
लमतान्य रहेका ती आसनहरू
राताे घर अगाडी उभिएर
रङिबिरङी पर्चा हातमा लिएर
लक्षमणपुर देखि टनकपुरसम्म
सुस्ता देखि टिँङकरसम्म
कालापानी र लिपुलेककाे मार्चपास भन्दै
चन्दा र धन्दा चलाएकाे
पश्चिमका पहाडमा गएर
सुरूङ भित्रका कथा बुनेर
झण्डा गाडेर फाेटाे हालेकाे
देशभत्तिकाे सर्टिफिकेट लिएर
सिँहदरबार तिर हेर्दै
भद्रकालीबाट हुँकार भरेकाे
अाजपनि मेरा कानमा गुँजिदैछ
तिम्राे त्याे जाेशलाइ नमन गर्नेहरूकाे भीडमा
मेराे पनि आशा थपिएकाे थियाे
त्यसैले त आज म पनि
तिमीले हुँकार भरेकाे भद्रकालीमा
तिम्राे सिँहदरबार भित्रकाे
कुर्ची र झण्डातिर फर्केर उभिएकाे छु
तिम्राे जस्ताे त्याे हुँकार भरेर हाेइन
बिन्तीभाउकाे मसिनाे स्वरमा
लाैन त्याे तिम्राे हुँकार मिथ्या हाेइन भने
अाज मलाइ मेराे आशा जगाइ देउ
मलाइ मेराे भूमि फिर्ता ल्याइ देउ ।
काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…