पाल्पा । सार्बजनिक सवारीसाधनमा यात्रुभाडादर टास्ने कामको सुरुवात पाल्पामा गरिएको छ । पछिल्लो समयमा सार्वजनिक भाडाका सवारी साधनले यात्रुसंग धेरै भाडा लिएको गुनासो बढेपछी भाडादर टास्ने कार्य गरिएको हो ।
सवारी साधनहरुमा सम्पूर्ण यात्रुहरुले सहज रुपमा देख्ने गरी नेपाल सरकारद्धारा निर्धारण गरिएको यात्रु भाडादर टाँस गर्ने अभियान अन्तर्गत तानसेन बाट छुट्ने सार्बजनिक सवारीका साधनमा भाडादर टासिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक उपेन्द्र वुढाथोकीले बताउनुभयो ।
पाल्पामा संचालन गरेका यातायात व्यवसायी सँगको समन्वयमा सार्वजनिक यातायातका सवारी साधनहरुमा अनिवार्य रुपमा यात्रु भाडादर टाँस गर्ने कार्य सुरुवात गरिएको हो । यात्रु भाडादर टासिएछी सवारीसाधनको भाडामा यात्रु ठगिने कार्यको अन्त्य हुने अपेक्षा लिइएको छ ।
बिहिवारबाट सुरु भएको अभियान आगामी दिनमा लुम्बिनी प्रदेशभर भई नेपालभर चल्ने सम्पूर्ण सवारी साधनहरुमा लागू गरिने प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…