नेपालमा अहिलेसम्मकै उच्चस्थानमा भेटियो पाटेबाघ

ईलाम। नेपालमा हालसम्मकै उच्च स्थानमा पाटे बाघ भेटिएको छ। इलामस्थित चौडपाते जंगलको ,१६५ मिटर उँचाइमा पाटेबाघ भेटिएको हो।

वन तथा भू संरक्षण विभागका अनुसार त्यहाँ राखिएको स्वचालित क्यामेराले पाटे बाघको तस्वीर कैद गरेको छ। यसअघि गत वैशाखमाडडेल्धुरा जिल्लाको २५०० मिटर उँचाइको जंगलमा पाटे बाघ भेटिएको थियो

कञ्चनजंघा भूपरिधिमा जीपीएस कलर गरिएको रेडपाण्डालाई अनुगमन गर्न राखिएका २० क्यामेरामध्ये एउटाले पाटेबाघको तस्वीर कैदगरेको छ। उक्त क्षेत्रमा पाटेबाघ भेटिएसँगै बिरालो प्रजातिको संख्या आठ पुगेको छ। त्यसअघि त्यहाँ चितुवा, ध्वाँसे चितुवा, सुनौलोबिरालो, चरी बाघ, वन बिरालोलगायत जनावर भएको पाइएको थियो।

अहिलेसम्मको तथ्यांक अनुसार भारतमा ,६३० भुटानमा ४४०० मिटरको उँचाइमा बाघ पाइएको छ। इलाममा भेटिएको बाघ भारतकोसिंघलिला राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएको छ। उक्त निकुञ्ज नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रसँग जोडिएकोछ। वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले इलाममा बाघ पाइएको घटनाले उक्त क्षेत्रमा अन्य वन्यजन्तुकोअवस्था राम्रो भएको संकेत मिलेको बताए।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएनले बाघलाई अति संकटापन्न सूचीमा वर्गीकरण गरेको छ। सन् २००९ को गणनामा नेपालमा१२१ बाघ पाइएको थियो। सन् २०१८ को गणनामा बाघको संख्या बढेर २३५ पुगेको छ।

सन् २०२२ सम्म बाघको संख्या २४२ भन्दा बढी बनाउने नेपालको लक्ष्य छ। नेपालका १८ जिल्ला जैविक मार्गमा बाघ पाइएको छ।

sp sp

Recent Posts

श्रेष्ठ द्वारा नेपाल धितोपत्र बोर्ड अध्यक्ष पदबाट राजीनामा

काठमाडौँ — नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोषनारायण श्रेष्ठ ले आफ्नो पदबाट राजीनामा दिएका छन्।…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago