नेपालमा अहिलेसम्मकै उच्चस्थानमा भेटियो पाटेबाघ

२०७७, २७ मंसिर शनिबार ०५:३३

ईलाम। नेपालमा हालसम्मकै उच्च स्थानमा पाटे बाघ भेटिएको छ। इलामस्थित चौडपाते जंगलको ,१६५ मिटर उँचाइमा पाटेबाघ भेटिएको हो।

वन तथा भू संरक्षण विभागका अनुसार त्यहाँ राखिएको स्वचालित क्यामेराले पाटे बाघको तस्वीर कैद गरेको छ। यसअघि गत वैशाखमाडडेल्धुरा जिल्लाको २५०० मिटर उँचाइको जंगलमा पाटे बाघ भेटिएको थियो

कञ्चनजंघा भूपरिधिमा जीपीएस कलर गरिएको रेडपाण्डालाई अनुगमन गर्न राखिएका २० क्यामेरामध्ये एउटाले पाटेबाघको तस्वीर कैदगरेको छ। उक्त क्षेत्रमा पाटेबाघ भेटिएसँगै बिरालो प्रजातिको संख्या आठ पुगेको छ। त्यसअघि त्यहाँ चितुवा, ध्वाँसे चितुवा, सुनौलोबिरालो, चरी बाघ, वन बिरालोलगायत जनावर भएको पाइएको थियो।

अहिलेसम्मको तथ्यांक अनुसार भारतमा ,६३० भुटानमा ४४०० मिटरको उँचाइमा बाघ पाइएको छ। इलाममा भेटिएको बाघ भारतकोसिंघलिला राष्ट्रिय निकुञ्जबाट आएको हुनसक्ने अनुमान गरिएको छ। उक्त निकुञ्ज नेपालको कञ्चनजंघा संरक्षण क्षेत्रसँग जोडिएकोछ। वन तथा भूसंरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले इलाममा बाघ पाइएको घटनाले उक्त क्षेत्रमा अन्य वन्यजन्तुकोअवस्था राम्रो भएको संकेत मिलेको बताए।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ आईयूसीएनले बाघलाई अति संकटापन्न सूचीमा वर्गीकरण गरेको छ। सन् २००९ को गणनामा नेपालमा१२१ बाघ पाइएको थियो। सन् २०१८ को गणनामा बाघको संख्या बढेर २३५ पुगेको छ।

सन् २०२२ सम्म बाघको संख्या २४२ भन्दा बढी बनाउने नेपालको लक्ष्य छ। नेपालका १८ जिल्ला जैविक मार्गमा बाघ पाइएको छ।

Comments

ताजा खबर