बजार पूँजीकरण झण्डै २३ खर्ब पुग्यो, नेप्सेमा उच्च अङ्कको वृद्धि

काठमाडौंकात्तिक २६ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज पनि उच्च अङ्कले वृद्धि भएको छ ।

फाइल फोटो

मङ्गलबार उच्च अङ्कले वृद्धि भएको नेप्से आज पनि झण्डै २९ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २८.८९ बिन्दुले उकालो लागेर एक हजार ७०७.६७ मा पुगेको छ । नेप्से लगातार उकालो लागेर आज नयाँ उचाई कायम गरेको हो । यस्तै, सेन्सेटिभ परिसूचक ५.२३ बिन्दुले उकालो लागेर ३३५.६२ मा पुगेको छ । कूल १९५ कम्पनीको एक करोड २५ लाख २३ हजार ६५१ कित्ता शेयर रु चार अर्ब नौ करोड ९६ लाख चार हजार ७४२ मूल्यमा कारोबार भयो । नेप्से उकालो लाग्दै गएका कारण बजार पूँजीकरणमा सुधार आएको छ । आजको कारोबारका आधारमा बजार पूँजीकरण झण्डै रु २३ खर्ब बराबरको भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार बजार पूँजीकरण रु २२ खर्ब ८८ अर्ब बराबरको भएको छ । कारोबार भएका कूल १२ उपसमूह मध्ये आज वित्त क्षेत्रको मात्रै शेयर ओरालो लागेको छ भने अन्य ११ उपसूहको शेयर उकालो लागेको छ । वित्त २.८६ बिन्दुले घट्दा बैंकिङ १४.८८, व्यापार १४९.८३, होटल ४७.३५, विकास बैंक २.९२, जलविद्युत् ४.३९, निर्जीबन बीमा ३३९.३२, उत्पादन २००ं.२१, अन्य ४९.६८, लघुवित्त ७.१४, जीवन बीमा ७.०३ र सामूहिक लगानी कोष ०.५५ बिन्दुले उकालो लागेको छ । कारोबारका आधारमा आज नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु २५ करोड ९० लाख २८ हजार ९३० बराबरको कारोबार भयो । यस्तै, हिमालयन डिस्टिलरी रु १८ करोड ८६ लाख ४० हजार ६९६, एनआइसि एशिया बैंक रु १५ करोड ६५ लाख ९० हजार ४२७, नागरिक लगानी कोष रु १५ करोड ४५ लाख १४ हजार , नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु १५ करोड १५ लाख ७४ हजार २०२, नेपाल पुनरबीमा कम्पनी रु १५ करोड १० लाख ७१ ह्जार ४३२, शिवम् सिमेन्ट रु १४ करोड ८० लाख ८९ हजार ९८९, अपि पावर कम्पनी रु १२ करोड १५ लाख ३४ हजार २७८ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे । कारोबारका आधारमा साल्ट टे«डिङ कर्पोरेशन १०, लक्ष्मी इक्विटी फण्ड ९.९९, नागरिक लगानी कोष ९.९८, विशाल बजार कम्पनी ९.९८, एनआइसि एशिया ग्रोथ फण्डका लगानीकर्ताले ९.९० प्रतिशतले कमाए । यस्तै, आइसिएफसी फाइनान्स ४.७८, सेन्ट्रल फाइनान्स २.८९, निर्धन उत्थान लघुवित्त २.४०, निर्धन उत्थान लघुवित्त २.४०, हिमालयन पावर पार्टनर २.१७ र कामना सेवा विकास बैंकका लगानीकर्ताले २.१५ प्रतिशतले गुमाए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago