उपत्यकामा मात्र संक्रमितको संख्या ९३ हजार ७७५ पुग्यो : ४२५ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्रालयका अनुसार योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ९३ हजार ७७५ पुगेको छ। 

मन्त्रालयका अनुसार ८१७ पुरुष ६०३ महिला गरेर २४ घण्टामा उपत्यकामा १४ सय २० जनामा संक्रमण पुष्टि भएको हो। 

उपत्यकामा कोरोनाले मृत्यु हुनेको संख्या भने ४२५ पुगेको छ। उपत्यकामध्ये काठमाडौं जिल्लामा सबैभन्दा बढी २८० जनाको मृत्यु भएकोछ। संक्रमितको संख्या ७४ हजार ३४४ रहेको भने ५७ हजार ३७८ जनाले कोरोना जितेका छन्। काठमाडौं जिल्लामा मात्र १६ हजार६८६ जना सक्रिय संक्रमित छन्। 

फोटो फाईल

७३ जनाले ज्यान गुमाएको भक्तपुर जिल्लामा १२ सय २४ जना सक्रिय संक्रमित छन् भने हजार ३८७ जनाले कोरोना जितेका छन्।जिल्लामा जम्मा संक्रमितको संख्या हजार ८८४ पुगेको छ। 

त्यसैगरी कुल संक्रमितको संख्या १० हजार ५४७ पुगेको ललितपुर जिल्लामा हजार १२५ जना निको भएका छन् भने २३ सय ५० जनासक्रिय संक्रमित छन्। त्यहाँ ७२ जनाले भने ज्यान गुमाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या लाख ९९ हजार ७६० पुगेको छ। जसमध्ये लाख ६० हजार ५७७जनाले कोरोना जितेका छन्। 

२४ घण्टामा ८५३ जनाले कोरोना जितेका छन् भने २२ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाले मृत्यु हुनेको संख्या ११ सय ४८ पुगेकोछ। 

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ पुगेको छ। अहिले क्वरेन्टाइनमा भने एक हजार ५८ जना रहेका छन्। नेपालमाअहिलेसम्म १५ लाख ६४ हजार २१४ जनाको पीसीआर परीक्षण भएको छ।

sp sp

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago