लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिका एसओएसमा संरक्षण

जुगल गाउँपालिकाको लिदी पहिरोमा अभिभावक गुमाएका बालबालिकाहरू संरक्षण र शिक्षाका लागि बिहीबारदेखि एसओएस बालग्राम काभ्रे पुगेका छन् । त्यहाँ उनीहरु पालनपोषण, हेरचाह, स्वास्थ्य, शिक्षालगायतका सबै सुविधासहित बस्नेछन् ।

यससँगै अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि सभामुख अग्निप्रसाद सापकोटाको पहलले सार्थकता पाएको छ । यही भदौ १० गते सिन्धुपाल्चोकको बाँसखर्कमा राहतसहित पुग्नुभएका सभामुख सापकोटाले विस्थापितहरुसँगको छलफलमा अभिभावक गुमाएका बालबालिकाको संरक्षण र शिक्षाका लागि आफूले जिम्मेवारी लिने बताउनुभएको थियो ।

सभामुखको आग्रहमा एसओएस बालग्राम पनौतीका निर्देशक सुरेन्द्र अमगाईंसहितको टोलीले भदौ १६ गते जिल्लाको बाँसखर्क पुगेर वडाध्यक्ष प्रताप लामासँग समन्वय गरी बालबालिकालाई एसओएस बालग्राम ल्याउन आवश्यक प्रक्रिया थालेको थियो ।

सबै प्रक्रिया पूरा भएपछि बिहीबार सात बालबालिकालाई पनौतीस्थित बालग्राममा ल्याइएको निर्देशक अमगाईंले जानकारी दिनुभयो । पहिरोमा अभिभावक गुमाएका पाँचदेखि १२ वर्ष उमेरका उनीहरुलाई काभ्रेको पनौतीस्थित एसओएस बालग्रामका अधिकारीहरुसँग पठाइएको जुगल–२ का वडाध्यक्ष लामाले जानकारी दिनुभयो ।

लामाका अनुसार बालग्राम पठाइएकमा छ बालक र एक बालिका छन् । पहिरोबाट विस्थापित भएर जुगल–१ बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका उनीहरुको सरोकारवाला कार्यालयबाट आवश्यक काजगपत्र तयार गरी पिसीआर परीक्षण गरिएको थियो ।

सबैको नतिजा नेगेटिभ आएपछि बालबालिकालाई एसओसएस बालग्राम पनौतीका निर्देशक अमगाईं, विनोदमणि भट्टराईलगायतको टोलीसँग पठाइएको अध्यक्ष लामाले बताउनुभयो ।

गत साउन ३० गते बिहान लिदीमा गएको भीषण पहिरोमा अभिभावक गुमाएका १२ बालबालिकामध्ये १२ वर्षमाथिका पाँच बालबालिकाको शिक्षा र संरक्षणका लागि बसोबासस्थलमै संरक्षकमार्फत सहयोग गरिने एसओएसका निर्देशक अमगाईँले जानकारी दिनुभयो । जुगल–२ को लिदी पहिरोले ३७ घर पुरिँदा घरसँगै पुरिएर बेपत्ता भएका ३७ जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् ।

पहिरोले बस्ती नै जोखिममा परेपछि लिदीबासीलाई हाल बाँसखर्कमा अस्थायी बसोबासको व्यबस्था मिलाइएको छ । विस्थापितहरूको स्थायी बसोबासका लागि पहल भइरहेको छ ।

Sanjay poudyal

Recent Posts

बिर्तामोड रन प्रतियोगिता–२०८२ : विजेताहरू सम्मानित

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago