काठमाडौँ – सुदूरपश्चिमका किसानहरु यतिवेला धान खेतमा मल राख्न रायासनिक मल नपाएर समस्यामा परेका छन् । एकातिर कोभिड १९ संक्रमणको उच्च जोखिम छ भने अर्कोतिर बजारमा मल नपाउने अवस्था छ । संकटको बेलामा सहजै मल नपाउँदा किसानहरु झनै समस्यामा परेका छन् । मल नपाउँदा धान उत्पादन नै नहुने हो कि भन्ने चिन्तामा किसानहरु छन् ।
धान बालिमा प्रयोग गर्न रासायनिक मल नपाउँदा सुदूरपश्चिमका किसानहरू मर्कामा परेका छन्। धानमा मल हाल्ने समय हुँदा मलको जोहो गर्न किसानहरूलाई यतिबेला सास्ती छ । एकातिर कोरोना भाइरस संक्रमणको जोखिम अर्कोतिर धानमा प्रयोग गर्न मल नपाउँदाको चिन्ताले किसानहरु जोखिम मोलेरै भएपनि मल खरिद गर्न भौतारिनुपर्ने बाध्यता छ । मल किन्न बिहानै देखि स्थानीय सहकारी संस्था बाहिर दिनभर कुरेर बस्नुपर्ने दैनिकी नै बनेको छ । कोभिड १९ संक्रमणको दर दैनिक बढ्दै गएको अवस्थामा किसानहरुलाई आफ्नो स्वास्थ्यको भन्दा मल नपाउने चिन्ताले सताएको छ ।
मल आपूर्तिको ७० प्रतिशत जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेडले पाएको छ । तर यो कम्पनीको धनगढी शाखामा अहिले मलको मौज्दात शून्य छ । जसका कारण पनि किसानहरुले मल पाउन सकेका छैनन् । यसरी किसानहरूले समयमै मल र बिउ नपाउने समया नयाँ होइन । यो समस्या हरेक वर्ष देखिदै आएको छ । सरकारले समयमै आपूर्ति व्यवस्थालाई सहज बनाउन ध्यान नदिदा किसानहरु कोभिड १९ संक्रमणको जोखिम मोलैरै मलको खोजीगर्न बाध्य भएका छन् ।
सुदूरपश्चिम प्रदेशको भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनितादेवी चौधरीले भने कोभिड १९ संक्रमणको प्रतिकुल समयको बाबजुद पनि मलको आपूर्तिलाई सहज बनाउन प्रभावकारी काम भइरहेको दावी गरिन् ।
जापान । जापानबाट नेपाल लगायत विश्वका विभिन्न देशहरुमा पैसा पठाउँदै आइरहेको फोरेक्स रेमिटेन्सले मोवाईल एप्लिकेसन…
बिर्तामोड। अनारमनी सोशल यूथ क्लबले आयोजना गरेको बिर्तामोड रनको तेस्रो संस्करण आगामी १४ कार्तिक २०८१…
दमक, उत्प्रेरक उद्यमी समाज बिर्तामोड ४, झापाको दोस्रो वार्षिक साधारण सभा आज सफलतापूर्वक सम्पन्न भएको…
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले शुक्रबार पक्राउ गरेको…
काठमाडौ: समकालीन विश्वमा चीन दोस्रो ठूलो कार बजार र अर्थतन्त्रको आकारमा पनि दोस्रो स्थानमा रहेको…
काठमाडौ। लण्डन, ओन्टारियोको प्रतिष्ठित म्युजिक हलमा हुन लागेको नेपाली गायक सबिन राई एण्ड द फरोजको…