समावेशी शिक्षाको स्थिति प्रतिवेदन : स्थानीय तहलाई सक्रिय हुन सुझाव

काठमाडौँ। कोभिड१९ पछिको वैकल्पिक प्रणालीको शिक्षामा अपाङ्गता भएका बालबालिकाको पहुँच बढाउन स्थानीय तहमा समन्वयात्मक सहयोगात्मक कार्य हुनुपर्ने देखिएको

मुलुकका सात प्रदेशमा अवस्थामा सूचना तथा सञ्चार प्रविधिको प्रयोगबाट भइरहेको समावेशी शिक्षामा अपाङ्गता भएकाबालबालिकाको पहुँचबारे हालै गरिएको तयार गरिएको स्थिति प्रतिवेदनले त्यस्ता विद्यार्थीमा वैकल्पिक विधिबाट शिक्षा पाउन पर्याप्तपहुँच नभएकाले स्थानीय तह सम्बन्धित पक्षबीचको समन्वय तथा सहयोग बढाउनुपर्ने आवश्यकता देखाएको हो नेपालका लागिअष्ट्रेलियाली दूतावासको सहयोगमा अपाङ्गता मानवअधिकार प्रवद्र्धन समाजले गरेको अध्ययनबारे आज भर्चुअलरुपमा आयोजितअपाङ्गता अधिकारकर्मी तथा अधिवक्ता सुदर्शन सुवेदीले बौद्धिक अपाङ्गता, अटिजम, ड्राउन सिन्ड्रोम, पूर्ण अपाङ्गता भएका सबैबालबालिकालाई शिक्षामा सहज पहुँचवृद्धिका लागि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभयो

राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष सुवेदीले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिका लागि वैकल्पिक शिक्षा पहुँचयोग्य नभएकोजनाउँदै कमजोर आर्थिक स्थिति, इन्टरनेटको असुविधा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा अभ्यस्तताको अभावका कारण पनिसमस्या उत्पन्न भएको बताउनुभयो हाल विद्यालय तहमा अपाङ्गता भएका बालबालिका करीब ७५ हजार छन्

शिक्षाविद् डा वासुदेव काफ्लेले सरकारी संरचनाभित्र समावेशी नीति उचित हुनुपर्ने आग्रह गर्दै शिक्षामा नीतिमा मात्र नभई कार्यमुखीसमावेशीताको कार्यान्वयनमा सरकार सम्बद्ध निकाय लाग्नुपर्ने जनाउनुभयो उहाँले समावेशी शिक्षाको प्रभावकारिताका लागिशिक्षकको उचित प्रबन्ध अभिभावक सचेतनाका लागि काम गर्नुपर्ने बताउनुभयो

पूर्वाञ्चल विश्वविद्यालयका सामाजिक कार्यसमूहका अध्यक्ष प्रदिप्ता कादम्बरीले सरकारी नीति निर्देशिकाको अभाव नभए पनिकार्यान्वयनका क्षेत्रमा देखिएका कमजोरी असमन्वयको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अधिकृत नारद धमलाले यस क्षेत्रमा हालसम्म भएका कामबारे सकारात्मक मूल्याङ्कन गरीसुधानुपर्ने पक्षमा सम्बन्धित पक्ष क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो

अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाहरुको सञ्जाल (एआइएन) का अपाङ्गता कार्य समूहका संयोजक वीर नेपाली स्थानीय तहले लक्षितवर्गलाई  लाभ हुने गरी समन्वय सहयोगलाई बलियो बनाउन प्रभावकारी सहजीकरण गनुपर्ने बताउनुभयो अष्ट्रेलिया अध्ययन गरेरफर्किएका दीपावली शर्माले आफूहरुले विदेशमा पढेका देखेका शिक्षाका राम्रा अभ्यास तथा स्रोत साधनलाई स्वदेशको विकासमाउपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो शिक्षा पत्रकार समाजका अध्यक्ष प्रकाश सिलवालले अपाङ्गता भएका बालबालिकाकोशिक्षामा पहुँचबारे विस्तृत स्थलगत अध्ययन गरी नीतिगत सुझाव दिन आग्रह गर्नुभयो

sp sp

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago