काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्सेआज झण्डै २६ अङ्कले उकालो लागेको हो ।
नेप्से २५.९८ बिन्दुले उकालो लागेर एक हजार ६७८.७९ मा पुगेको छ । यस्तै, सेन्सेटिभ परिसूचक ५.०६ बिन्दुले उकालो लागेर ३३०.३९मा पुगेको छ । नेप्से उकालो लाग्दा कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । कूल १९६ कम्पनीको ९६ लाख ५७ हजार ६७७ कित्ताशेयर रु चार अर्ब नौ करोड ६१ लख ९० हजार २५६ मूल्यमा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दु्ई उपसमूहको शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर उकालो लागेको छ ।जलविद्युत् ०.६८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ । यस्तै, बैंकिङ ७.११, व्यापार १०९.४९, होटल ८७.४३, विकास बैंक ८.०७, वित्त ३.८३, निर्जीबन बीमा १६०.४, उत्पादन ४०.९, अन्य ४८.५८, लघुवित्त ४.८९ र जीवन बीमा ४७६.३६ ले वृद्धि भएकोछ ।
कारोबारका आधारमा आज पनि नेपाल पुनरबीमा कम्पनी चम्किएको छ । सो कम्पनीको रु २८ करोड ५३ लाख ३२ हजार १५१बराबरको कारोबार भई शीर्ष स्थानमा रहयो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु २३ करोड ५८ लाख ४४ हजार १६८, हिमालयनडिस्टिलरी रु २० करोड ८३ लाख ४८ हजार ८११, नेपाल दूरसञ्चार कम्पनी रु २० करोड ६४ लाख ४३ हजार ८७२, कामना सेवा विकासबैंक रु १६ करोड ८७ लाख ८२ हजार ६१७, नेशनल लाइफ इन्स्योरेन्स रु १६ करोड ७१ लख ४१ हजार ७६६ र सूर्य लाइफ इन्स्योरेन्सकम्पनी रु १० करोड ५१ लख ५० हजार ७८४ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा साल्ट टेडिङ कर्पोारेशन र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले समान १०÷१० प्रतिशतले कमाए । सानिमाजनरल इन्स्योरेन्स ९.९१, ओरियन्टल होटल ६.७९, हिमालयन जनरल इन्स्योरेन्स ६.२९ र तारागाउ रिजेन्सी होटलका लगानीकर्ताले ५.५१प्रतिशतले कमाए ।
यसैगरी, विशाल बजार कम्पनी ४.६१, अरुण भ्याली हाइड्रोपावर २.६९, विजय लघुवित्त २.६४, आँखु खोला जलविद्युत् कम्पनी २.३३, सांग्रिला डेभलपमेन्ट बैंक २.११ र प्रोगेसिभ फाइनान्सका लगानीकर्ताले २.०७ प्रतिशतले गुमाए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…