रिब्दिकाेटका ५ सय १३ परिवार निलाे आलु वितरण ।

सन्ताेष गहतराज , पाल्पा ।  पाल्पा जिल्लाकाेट रिब्दीकोट गाउपालिकाले पालिका भित्रका ५ सय १३ घरपरिवारलाई निलाे आलु वितरण गरेकाे छ ।

गाउँपालिकाका  अध्यक्ष नारायणबहादुर जि.सी.का अनुसार अहिले रिब्दिकाेट गाउँपालिकाले कृषकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा लगानी बढाएको बताउदै आलु तरकारीबाली मात्र नभइ खाद्यबालीका रुपमा रहेकोले कृषकको माग अनुसार सहभागितात्मक रुपमा वीउ वितरण गरिएको बताउनु भयाे । 

आलु  दैनिक उपभोग्य वस्तु भएको हुँदा गरिव तथा विपन्न परिवारले खानाकै रुपमा समेत प्रयोग गर्न सक्ने तथा लामाे समय सम्म भण्डार गर्न पनि सकिने भएकोले गाउँपालिकाले आलुको बीउ वितरण गरेकाे बताउनुभयो साथै पालिकाले आलु कृषकहरूले उत्पादन गरेकाे अालु भण्डार गर्नकाे लागि अागामी बर्ष विशेष याेजना बनाएर अगाडि बढ्ने पनि बताउनु भयाे । 

गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले आलुबाली खेती गर्न सहज रहेको बताइन् । उनले उत्पादन भएको बस्तु लामो समयसम्म भण्डार गर्न सकिने र आम्दानीको राम्रो स्रोत भएकोले वीउ वितरण गरिएको बताइन् ।

चालु आर्थिक वर्षमा कृषक लक्षित कार्यक्रमबाट गाउँपालिकाभित्रका २ हजार ५ सय १३ परिवारका लागि निलो आलुको वीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।

उनले कृषको ५० प्रतिशत लागत सहभागितामा पालिकाले ५० प्रतिशत अनुदान थपेर आलुको विउ वितरण गरिएको बताए ।

गाउँपालिकाले आफ्ना नागरिकलाई कृषि पेशामा प्रेरित गर्ने उद्देश्यका साथ १९ लाख ५५ हजार बराबरको आलुको वीउ वितरण गरिएको हो ।

पालिकाभित्र कूल २ सय ९० क्विन्टल आलुको विउ वितरण गरिएको हो । आलु पाएपछि कृषकहरुले परम्परागत आलुबाट भन्दा यसबाट राम्रो उत्पादन र आम्दानी दिन सकिने बताए । उनीहरुले स्थानीय सरकारले समय अनुसार वीउपल र प्रविधि हस्तान्तरण गर्दा खेती गर्न सहज हुने गरेको कृषकको भनाई छ । यसरी गाउँपालिकाले पालिका स्तरमा अाइ अालुकाे बीउ वितरण गरे पछि पालिकाका नागरिकहरू खुशी भएका छन ।

Bishawas Acharya

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago